राजनीतिक रिक्तताको खाडल जति गहरिँदै जान्छ त्यति नै राजनीतिक जोखिम पनि विस्तार हुन्छ!

बेद प्रसाद घिमिरे २०८० पुष २३ गते ११:१३ मा प्रकाशित

नेपाली राजनीतिलाई चुनौती ग्रस्त बनाएको हो । प्रवृत्ति नै अहिलेको अविश्वास र असहयोगको कारण हो । यही कारण बहुदलीय लोकतान्त्रिक पद्धतिमा रिक्तताको जोखिम बढेको हो । रिक्तता वा खाली ठाउँ कसले भर्छ ? कोही, कतै देखिन्छ त सुपात्र ? छैन, त्यसैले देखिँदैन ।

यसको अर्थ त्यो खाली ठाउँ बढ्दै गए त्यहाँ कुनै ‘लोकप्रियतावादी’ कुपात्रले भर्नेछ । त्यसपछि बुरुबुरु गर्नेहरू त भइहाले अझ तिनकै कारण निर्दोष, निमुखा पनि कुपात्रको कठोर बुटमुनि च्यापिने छन् । ऐया,आथ्थुको त गुञ्जायस नै खतम हुनेछ । लोकतन्त्रको मुखबन्दीका यस्ता नमुना विश्वमा थुप्रै छन् । नाम लिइरहनु परोइन देशमा राजनीतिक रिक्तताको खाडल जति गहरिँदै जान्छ त्यति नै राजनीतिक जोखिम पनि विस्तार हुन्छ । किनभने त्यस्तो रिक्तता रोक्ने वा भर्ने दलहरूले हो । तिनै दल जनविश्वासमा सीमान्तकृत हुदै गए तिनको खाली ठाउँ भर्ने कसले हो ? नेपाल लामो समयदेखि यस्तै जोखिमको शृंखला जोडिँदै यहाँसम्म आइपुगेको छ ।

समालिने समय त सबैलाई थियो । सच्चिने कि सिद्धिने चुनौती पनि सबैले बुझेको र भनेकै कुरा हो । नेताहरूलेमात्र बुझेनन् भन्नु अबुझ तर्क हुन्छ । बरु बुझ पचाए वा द्रव्य पिचास र सत्तास्रोतले ग्रसित ‘धृतराष्ट्र’ भइदिए भन्न सकिन्छ।

बहुदलीय संसदीय प्रणाली मान्नु दलहरूको बाहुल्य स्वीकार्नुमात्र होइन । यो प्रणाली सामाजिक, सांस्कृतिक र आर्थिक बहुलताको उद्बोध र प्रत्याभूतिसमेत हो । समग्रतामा स्वतन्त्रताको बहुलता । यस्तो प्रणालीको आधार र रक्षक भनिने दलहरू नै हुन् जसले विभिन्न जातजाति, लिंग, संस्कृति, क्षेत्र वा सम्पूर्णमा मानव जीवन र जगत्को भौतिकसमेत भावनात्मक प्रतिनिधित्व र प्रतिरक्षा गर्छन् । विचार र सिद्धान्तका वाहक दलहरू नै हुन् । मान्यता यही हो ।समालिन पर्ने दलहरू नै हो । दल वा संगठन भन्नु अमूर्त स्वरूपका लाग्छन् । जब तिनले सामाजिक र सामूहिक संरचना (विचार, व्यवहार र प्रतिनिधित्व) ग्रहण गर्छन् तब ती संगठन मूर्त देखिन्छन् । दलहरू मूर्त बन्छन् ।

भन्न खोजिएको रिक्तता कसले भर्ने हो ? यही खाली ठाउँ फराकिने देखेर नै राजालाई धारे हात लगाएर पिठ्युँ फर्केकाहरू पुनः त्यहीँ जम्ला हात गर्न थालेका छन् । यीमात्रै किन स्वतन्त्रको पगरी गुथेकाहरू पनि यस्तै रिक्ततामा फलेका हुन् । देशको विकास भनियोस् कि समृद्धि रोक्न उग्रराष्टर्वादीहरू प्रायोजित ध्वनि झैँ कुर्लिने नै छन् ।

राजनीति राजनीतिकर्मीले गर्नसक्ने काम हो । एक गहना निर्माताको छोराछोरी देखसिकीमा गहना बनाउँ सक्छन् । हामी गाउँलेले देखेकै हो । पुस्तैनी सीप नभएकाले कि प्रशिक्षण लिन्छन् अभ्यास गर्छन् । तब सिक्छन् गहना बनाउन । अर्थात् कुनै पनि पेसामा संलग्नताका दुई माध्यमले सम्भव बन्छ – कि पुस्तैनीे माध्यम कि प्रशिक्षण

प्रतिक्रिया