सुन काण्डमा समातिएका घलेले दिए चकित पार्ने बयान “‘मेरो काम शौचालयको रातो डस्टबिनमा सुन छाड्ने हो’(भिडियो सहित)

इनेप्लिज २०८० पुष २२ गते १०:५१ मा प्रकाशित

अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट मङ्सिर २१ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् ।

उनले अहिलेसम्म तीनपटक दुबईबाट सुन ल्याएको बयान दिएका छन् । अनुसन्धान अधिकृतहरूसँग बयानमा उनले भनेका छन्–‘मेरो काम दुबईबाट सुन ल्याएर नेपालको विमानस्थलको आगमन क्षेत्रको अध्यागमन कार्यालयको शौचालयमा रहेको रातो डस्टविनमा छोड्ने हो ।’

दुबईमा गुरु भन्ने भारतीय मूलका नागरिकले दिएको सुन आफूले ल्याउने गरेको घलेले बताएका छन् । दुबईमा सुन लिँदा हुन्डीको शैलीमा ५ दिरामको टोकन देखाएर सुन लिनुपर्ने घलेले बयानमा खुलाएका छन् ।

https://www.youtube.com/watch?v=lKqClu7DIj0

प्रतिक्रिया