सिन्धुलीमा शारदालाई ५ जनाले बाधेर कुटेपछी भइन अर्धचेत, जे गर्‍यो लेनदेनले गर्‍यो (भिडियो सहित)

इनेप्लिज २०८० पुष २१ गते १४:०८ मा प्रकाशित

लेनदेनको विषयलाई लिएर महिलालाई बाँधेर कुटपिट गरेको आरोपमा पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले पीडितका श्रीमान् सन्तोष थापासहित पक्राउ परेकाहरुमाथि शरीर बन्धकको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ ।

सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल भन्छन्, ‘यो अवधिमा सबैको बयान लिएर विस्तृत अनुसन्धान गर्छौं, संलग्न देखिने अरुलाई पनि कानुनी दायरामा ल्याउँछौं ।’

सिन्धुलीको कमलामाई नगरपालिका–४ मा गएको आइतबार ३७ वर्षीया शारदा थापालाई बन्धक बनाएर कुटपिट गरेको सूचना प्रहरीले पाएको थियो । लगत्तै एसपी सिलवालसहितको टोली त्यहाँ पुगेर उद्दार गरेको थियो । अर्धचेत अवस्थामा उद्दार गरेर ल्याएपछि प्रहरीले यसमा अनुसन्धान थालेको थियो ।

https://www.youtube.com/watch?v=j9aZhBUxH-g

प्रतिक्रिया