सन्दीप बलात्कार आरोपमा दोषी ठहरिए, गौशाला २६ पनि नाबालिग होईनन्, अब के होला ? (भिडियो सहित)

इनेप्लिज २०८० पुष २१ गते १३:२५ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर्‍याएपछि जनमानसमा तीव्र प्रतिक्रियाहरु उब्जिए । धेरैले अदालतको आदेश सन्तुलित नरहेको र अदालत बाह्य दबाबमा परेको टिप्पणी गरिरहेका छन् । कतिपयले फैसलाको समर्थन पनि गरेका छन् ।

राष्ट्रिय चर्चा पाएको यो मुद्दामा सन्दीपको तर्फबाट केही ख्यातिप्राप्त वकिलहरुले बहस गरेका थिए । उनीहरुमध्येकी एक हुन् वरिष्ठ अधिवक्ता सविता भण्डारी । नजिकबाट चिन्नुपर्दा उनी वयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । यद्यपि, अहिले न्याय क्षेत्रमा सविताको आफ्नै छवि छ ।

सविताले जिल्ला अदालतमा बहस गर्दै सन्दीपमाथि लागेको बलात्कारको आरोप तथ्यहीन र झूटो भएको दलील पेश गरेकी थिइन् । तर, अदालतले सन्दीपलाई दोषी ठहर्‍यायो । नेपाल प्रेससँग कुरा गर्दै भण्डारीले अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरिन् । फैसला पूर्वाग्रही र त्रुटिपूर्ण रहेको उनको टिप्पणी छ ।

भण्डारीले स्पष्ट शब्दमा भनिन्, ‘सन्दीपलाई दोषी करार गर्न बाह्य तत्वहरुबाट अदालतमाथि निकै प्रेसर परेको थियो । त्यसको प्रभाव फैसलामा देखियो ।’

जाहेरीकर्ता नाबालिग नरहेको अवस्थामा सन्दीपले उनीमाथि बलात्कार गरेको कुनै पनि तथ्य-प्रमाणले पुष्टि नगर्ने तर्क भण्डारीले गरिन् ।

https://www.youtube.com/watch?v=MOUMULbbb1w

प्रतिक्रिया