बिनोद अर्यालको ‘आधा परान ‘ बजारमा । 

इनेप्लिज २०८० पुष २१ गते १३:१३ मा प्रकाशित

तनहुँ । लोक दोहोरि क्षेत्रमा भर्खरै उदाउदै गरेका तनहुँका बिनोद अर्यालले ‘आधा परान’लोक दोहोरि म्युजिक भिडियो बजारमा सार्वजनिक गरेका छन । तिम्रो झल्को मुटुको रोग भो सानु मेरो जिन्दगी बिजोग भो आउ सानु आउ रमिता हेर, आधा परान गएर , घिटि घिटि भएर अझै पनि बाच्दै छु मर्न नसकेर … सार्वजनिक आधा परान गितमा शब्द / गायन उनको आफ्नै रहेको गितलाई आवाजमा गायिका गीता चनार साथ दिएकी छन भने एरेन्जमेन्ट झलक संगीतम, लय विश्व बिनोद र भिडियो सम्पादनमा मिलन फिल्मसको रहेको छ । नुवाकोट जिल्लाको गुरुङ गाउँ साथै एचबिएस नेपाल मनोरम दृश्यमा बिशाल गोङ्बाले छायाङ्कन गरेको उक्त म्युजिक भिडियोमा गोविन्द थापा (नारि सिरियाल) सोनि बिश्वकर्मा (आधितुफान फिल्मकी नायिका), साथमा रबिना कार्की र शिशिर शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मिलन श्रेष्ठले गरेको उक्त भिडियो भने आफ्नो युटुब च्यानल (बिनोद अर्यल अफिसियल)बाट सार्वजनिक गर्ने गीतले अहिलेको सुस्ताएको नेपालको म्युजिक बजारलाई यस गीत र भिडियोले केही हदसम्म उजागर गर्ने आशा गरिएको छ ।

प्रतिक्रिया