यसरि समातिए अदालतबाटै हत्क,डीसहित भागेका थुनुवा, साथीसँग रक्सी हत्कडी डस्टबिनमा अनि होटेलमा सुते (भिडियोस सहित)

इनेप्लिज २०८० पुष २१ गते ३:४६ मा प्रकाशित

काठमाडौं जिल्ला अदालतबाट बधुबार हत्कडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन्। ठगी कसुरका थुनुवा ३२ वर्षीय कमल खड्कालाई जडीबुटीबाट प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–३२ जडबुटीस्थित द न्यू दोलखाली गेस्टहाउसबाट खड्कालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। हत्कडी र थुनुवाको ज्याकेट भने खड्कोको भक्तपुरस्थित कोठाबाट प्रहरीले बरामद गरेको छ।

उनी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए। थुनछेक बहसका लागि अदालत लगिएकोमा अदालतबाटै फरार भएका थिए।

उनी ठगीको कसुरमा पक्राउ परेका थिए। उनी सिन्धुपाल्चोकको बाह्रबिसे–२ घर भइ भक्तपुर बस्दै आएका थिए।

सुरूमा स्वयम्भू वृत्तले उनलाई ठगीको कसुरमा पक्राउ गरेको थियो। स्वयम्भू वृत्तको अनुसन्धान सकिएपछि अर्को ठगी मुद्धामा उनीमाथि प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरेको थियो।

https://www.youtube.com/watch?v=vYjRi2Uzy6E

प्रतिक्रिया