ईनास मेरिल्यान्डद्वारा देउसी भैलोबाट संकलित रकम मध्येबाट भुकम्प पीडितलाई आर्थिक सहयोग प्रदान

इनेप्लिज २०८० पुष २० गते २:४९ मा प्रकाशित

ईनास मेरिल्यान्डले देउसी भैलोबाट संकलित रकम मध्येबाट भुकम्प पीडितको नाममा उठाएको रकम पिडितको हातसम्म पुर्याएको छ ।

ईनास मेरिल्यान्डकी महिला उपाध्यक्ष तथा ईनास मेरिल्यान्ड शूभदिपावली शूभकामना साँझकी कार्यक्रम संयोजक शान्ती भन्डारी नेपाल पुगेको अवसर पारेर रकम व्यवस्थापन गरिएको छ । रकम हस्तान्तरण कार्यक्रममा पत्रकार कमल सरगम ( लालीगुरॉस डटकम ) तथा लोकगायक वद्री पंगेनीको उपस्थिति रहेको थियो ।

ईनास मेरिल्यान्ड महिला उपाध्यक्ष शान्ती भन्डारीले रकम हस्तान्तरण कार्यक्रममा पत्रकार कमल सरगम मार्फत भुकम्प पीडितको हातसम्म रकम पुग्ने कुरा वताउनु भयो ।

सोही अवसरमा ईनास मेरिल्याडको तर्फवाट एकलाख एकहजार एकसय एघार (रू १,०१,१११)र समाजसेवी ढाकाराम खनाल र साथीहरूको तर्फवाट छैसट्ठी हजार (ने रू ६,६०००) एक मुष्ट हस्तान्तरण गरियो। सहयोगी मन सबै तथा देउसी भैलो चन्दादाता सबैमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौ ।

साथै इनास अमेरिका राष्ट्रिय समितिका केन्द्रिय सदस्य बिश्व कुमार पौडेलले नगद २५ हजार रुपैया मुसिकोट नगर पालिकालाई हस्तान्तरण गर्नु भएको थियो ।

रकम हस्तान्तरणको भिडियो तल हेर्न सक्नु हुनेछ :

प्रतिक्रिया