“मलाई कसैले राजसंस्थावादी भन्दा गर्व लाग्छ”

इनेप्लिज २०८० पुष १८ गते १६:५५ मा प्रकाशित

जसले हामीलाई नेपाली भनेर चिनाए तिनैको आज हामीले नाम लिन भुल्यौं भने हामी कसरी नेपाली हुन सक्छौं र!
संसारको जुनसुकै कुनामा भएपनि, रहेपनि आफु जन्मेको माटोलाई जो कोहीले भुल्न सक्दैन्, यदि भुल्ने कोशिस गर्यो भने त्यो पाखण्डी हो, अवसरवादी हो।

नेपाली माटोमा जन्म लिन पाएकोमा गर्व लाग्छ किनकि कसैले गुलामी गरेर बनेको देश होईन नेपाल, नेपाल त ती वीर पूर्खाहरुले आफ्नो अस्तित्व बचाएर स्वाभिमानका साथ बनाएको देश हो नेपाल।

आज तिनै पू्र्खाहरुको नाम मेट्न खोज्ने बिदेशी दलाल अनि खेतालाहरुको कारणले धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरुले दुख भोग्नु परिरहेको छ! हरेक दिन रोजीरोटीको निम्ति नेपाल आमाका सन्तानहरु बिदेश पलायन हुनु परेको छ! बाकसमा फर्केका कथाहरु पनि प्रशस्त छन् । देशमा भएका कलकारखानाहरु बन्द नभएका भए सायद त्यो दिन आउने थिएन कि! परिवर्तनको नाममा देशको मुहारमा परिवर्तन भएन!, गरिबीको रेखामुनि परेका जनताको जीवनस्तरमा परिवर्तन भएन! परिवर्तन भयो त नेता र नेताहरुका आसेपासे , आफन्तहरुको जीवन स्तर मात्र!बरु परिवर्तन र क्रान्तिको नाममा तिनै पूर्खाहरुले(अग्रजहरुले) बनाएको सम्पूर्ण राम्रा पक्षहरु पनि ध्वस्त पारे!

म आफुलाई साहित्यकार भन्न मन पराउँछु, कुनै पार्टीको झोला र झण्डा बोक्न मन पराउँदिन् तर एउटा कुरा कसैले भने गर्व लाग्छ त्यो कुरा हो- मलाई कसैले राजसंस्थावादी भनेर आरोप लगाए भने गर्व लाग्छ।

बिदेशी दलालहरुको झोला र झण्डा बोकेर हिड्ने भन्दा राजसंस्था भनेर नेपालको झण्डा बोकेर हिड्ने नेपाली नै किन- किन प्यारो लाग्छ।
अन्तिममा म राजा र आफ्नो धर्म सहितको प्रजातान्त्रिक देश भएको हेर्न चाहने एक इमानदार साहित्यकार हुँ।

जय श्री पशुपतिनाथ
कमला प्रसाईं,हाल न्यूयोर्क

प्रतिक्रिया