स्पेनका राजा रानी लुकेर नेपालमा बस्थे पछि स्पेनका राजा कसरी भए

इनेप्लिज २०८० पुष १८ गते १५:३७ मा प्रकाशित

बेद प्रसाद घिमिरे : स्पेनका राजा र रानी नेपालको गोदावरीमा सञ्चालित बोर्डिङ स्कूलमा पढाएर बसेका थिए भनेर पत्याउनु हुन्छ? तर वास्तविकता त्यही थियो। विश्वमा राजतन्त्रको विरुद्धमा आन्दोलन संचालन भएपछि स्पेनका पूर्वराजा जुआन कार्लोस र उनकी पत्नी सोफिया कार्लोस सुरक्षाका लागि नेपाल आएका थिए। नेपालमा बस्दा उनीहरुले गोदावरीको बोर्डिङ स्कूलमा पढाएरै बसेका थिए।

सन् १९१६/१९१७ सम्म विश्वभरी नै राजतन्त्रात्मक शासन प्रणाली थियो। युरोप, अफ्रिका, दक्षिण एसियाली मुलुक चारैतिर राजसंस्था थियो। अहिले पनि विश्वका ४६ मूलकहरुमा राजसंस्था छन्। प्रमुख देशका रुपमा चिनिएका बेलायत र जापानमा समेत राजसंस्था छ।

स्पेनमा अहिलेसम्म राजसंस्था छ। स्पेनका पूर्व राजा जुआन कार्लोस युवा अबस्थामा अर्थात् अधिराजकुमार घोषणा हुन नपाउँदै राजसंस्थाहरु विस्थापितको लहरै चलेको थियो।

राजतन्त्रको विरुद्ध विश्वमा आन्दोलनहरु भए। केही राजाहरु मारिए, कोही देश छोडेर भागे। कोही लखेटिए। युरोपमा राजतन्त्र विरुद्ध शुरु भएको आन्दोलनको लहरले स्पेनलाई पनि छाडेन।

त्यस्तो अबस्थामा स्पेनका राजकुमार घोषणा गर्न नपाउँदै राजसंस्था बिस्थापित हुने भएपछि पूर्वराजा जुआन कार्लोस र उनका पत्नी राजा त्रिभुवन बीरविक्रम शाह शासनमा हुँदा नेपालमा लुकेर बसेका थिए। महेन्द्र राजा हुँदासम्म उनीहरु नेपालको गोदावरीमा रहेको एउटा बोर्डिङ स्कूलमा पढाएर बसेका थिए।

यहाँ स्पेनका राजा रानी लुकेर बस्न किन नेपाल आए? यो प्रश्न सोचनीय छ। यूरोपले पनि सुरक्षित र विश्वासिलो ठानेको मूलुक नेपाल कसरी भयो? त्यत्रो राजपरिवारका सदस्यलाई आश्रय दिनसक्ने मूलुक नेपाल नै भयो।

नेपाल सुन्दर, शान्त, धार्मिक, पाहुनाहरुको सतकारी भावना भएका नेपालीहरु खानी हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश नेपालप्रति स्पेनका राजपरिवारको बिश्वास हुनु हामी सबै नेपालीका लागि गौरवको कुरा हो जस्तो महसुश भइरहेको छ।

विश्वका धेरै मुलुकहरूमा राजसंस्था नहूँदा देश असुरक्षित हुँदै गएको छ। देशमा अराजकता, अशान्ति, हिंसा बढेर गइरहेको छ। अझ बाह्य मूलुकहरुको हस्तक्षेप, आक्रमणका घटना बढ्दै गएर देश नै कोल्याप्स हुने स्थिति भएका मुलूकहरु धेरै छन्। त्यसमध्येको एक स्पेन पनि हो। स्पेनले फेरि आफ्नो राजाको खोजी गर्‍यो।

यसै क्रममा तत्कालीन स्पेनका राजाका छोरा नेपालमा बसेको थाहा पाएर जनताले जुआन कार्लोसलाई नेपालबाट संम्मानका साथ लगेर पुनः राजसंस्था स्थापित गरे। कार्लोस राजा भए।

उनी राजा भएपछि नेपालका तत्कालीन राजा श्री ५ बीरेन्द्र बीरविक्रम शाहको निमन्त्रणामा वि. सं. २०३७ तिर राजकीय भ्रमण भयो। स्पेनका राजाको भ्रमणका सवारी तथा सहजीकरणका लागि खटिनु भएका तत्कालीन शिक्षा तथा खेलकूद मन्त्री केशर बहादुर बिष्ट थिए।

राजा जुआन कार्लोस पहिला नेपालका केही महत्वपूर्ण ठाउँहरु घुमिसक्नु भएकाले धेरै कुरा स्मरणमा रहेछ। उनले त्यतिबेलाको होटल रोयल हेर्ने इच्छा गर्दा त्यतिबेला उक्त ठाउँमा हालको निर्वाचन आयोग बसेको जानकारी गराएको पूर्वमन्त्री विष्टले बताएका छन्।

केशर बहादुर विष्ट डोरबहादुर विष्टका छोरा हुन्। जो ६-७ पटक मन्त्री भइसकेका व्यक्ति हुन्। मिलनसार, कुशल राजनीतिज्ञ भैकन पनि अति सरल ब्यक्तित्व हुन्। विष्ट र स्पेनका राजाको पुरानो घटनालाई यसरी सम्झना किन नगरिएको होला? भन्ने कौतुहलता सबैलाई लाग्न सक्छ।
यसको वास्तविकता के हो भने पृथ्वीनारायण शाहको अथक परिश्रम र योगदानले निर्माण गरेको यो देश हो। यसको इतिहास स्मरण गर्दा स्पेनमा नेपालमा लुकेर बसेका राजालाई फर्काएर राजा बनाएको नजिर छ।

बेलायत मै राजालाई पहिले हटाएर पछि फेरि ल्याएर राजगद्दीमा राखिएको घटना छ। नेपालका राजा महाराजाहरुले वा राजनीतिक नेताहरुले कतै कुनै निर्णयमा कमिकमजोरी गरेको भएपनि फेरि सबै पुरानो तुषहरुलाई विर्सिएर राष्ट्रवादी शक्तिहरु एक हुनुपर्ने देखिएको छ। बिगतका कमिकमजोरीलाई सबैले एकपटक सच्याउँदै सबै आपसमा मिलेर यो सुन्दर, शान्त मूलुकको रक्षार्थ एकजुट हुनुपर्छ।

अहिले हाम्रो मूलुक इतिहासकै कमजोर काल खण्डमा छ। यो सबैले देखेको अबस्था हो। अहिले पनि हामीले आफूलाई सच्याउने अबसर छ। अन्य देशले जस्तो खोज्नु पर्ने स्थिति छैन।

जस्तो बेलायतले रुसको बिकट गाउँमा लुकेर बसेका राजालाई खोजेर ल्याएका थिए। स्पेनले नेपालमा बसेका आफ्ना राजाका छोरालाई लिएर गए। हाम्रोमा त्यस्तो अवस्था छैन।

हाम्रा राजा ज्ञानेन्द्र शाह अहिले नेपाल र नेपालीकै दैनिकीमा देश दौडाहा गर्दै बसिरहनु भएको छ। नागरिकहरु गणतन्त्रले भ्रष्टचार बढ्यो भनिरहेका छन्। नेपालीलाई भुटानी शरणनार्थी बनाएर पठाउन खोजेको विषयमा राजा ज्ञानेन्द्र सरकरबाट पनि असन्तुष्टी जाहेर गरेको सर्वविदितै छ।
यस्तो अवस्थामा मुलुकलाई एकजना स्थायी अभिभावकको आवश्यकता छ भन्ने सोच धेरै नेपालीहरुमा आइरहेको र विदेशी शक्तिले पनि नेपालमा स्थायित्वका लागि राजसंस्थालाई स्थापित गर्नुपर्ने तर्कहरु दिन थालेकाले हामी अझ कष्टमा पर्नबाट बच्नका लागि राजसंस्थालाई कुनै न कुनै रुपमा राजनीतिको मूलधारमा प्रवेश गराउने हो कि भन्ने सोच्न बाध्य भएकी छु।

देशमा एकदिन सङ्कट आउन सक्छ। त्यस्तो अवस्थामा मैले आफ्नो देश जनता र वंशको धरोहरको रक्षा गर्नुपर्छ भनेर देशलाई माया गर्दै राज परिवार आफ्नो देशमा बसिरहेका छन्। यसलाई हामीले हल्का रुपमा लिनु हुँदैन। कमजोरी सम्झने भुल पनि गर्नु हुदैन भन्ने लाग्छ।

यदि घमण्ड, दम्भको आडमा बेलैमा हामीले नसोच्ने हो भने भोली त्यो आफुलाई सच्याउने समय पाइन्छ भन्ने अवसर पनि नआउन सक्छ। हिजो २०४६ सालमा राजा श्री ५ वीरेन्द्रले बिदेशीसँग झुक्नुभन्दा आफ्नै जनतासँग झुक्छु भनेर ठूलो साहसपूर्ण निर्णय लिँदै जनतालाई बहुदलीय प्रजातन्त्र दिएका थिए। त्यो इतिहास हामीसँग ताजै छ।

अब सबैले स्मरण गर्दै अझै खास गरेर नेपाली कांग्रेसले आफ्नो नेता महामानव विपी कोइरालाको गौरबपूर्ण इतिहासलाई सिद्वान्त, मूल्य, मान्यतालाई दृष्टिगत गर्दै देशको आबश्यक्ता, जनता, कार्यकर्ताहरुको भावना बुझेर भौगोलिक अवस्थितिलाई मूल्यांकन गर्दै विपी कोइरालाको ०३३ सालको मेलमिलापको बास्तविक अर्थलाई बुझेर आफ्नो नेताले देखाएको मार्गमा फर्किनु पर्छ।

देश र जनताको भावना बुझ्नु पार्टिको दाइत्व पनि हो। विश्वले मानेको राजसंस्था छ। त्यस्तै नेपाललाई सुरक्षित मूलुक मानेर नेपालको संरक्षणमा रहेका जुहानलाई जनताले सम्मानका साथ लगेर राजसिंहासनमा स्थापित गरे जस्तै हामी नेपालीले पनि मनन् गर्न जरुरी छ । समयले कसैलाई पनि पर्खदैन । समयलाई बुझनु हाम्रो बुद्धिमानी हुनेछ।

स्पेनका राजा जुआन कार्लोसले १८ जुन २०१४ मा आफूले सिंहासन त्याग्दै, स्पेनको जैबिक कानूनलाई स्वीकृत गर्दै १९ जुन २०१४ मा छोरा फिलिप कार्लोसलाई संविधानको धारा ६१ मा उल्लेख भए अनुसार आफ्नो धर्मका नाममा सपथ लिएर संसदबाट राजा घोषणा गरियो।

अहिले स्पेनमा राजा फिलिप र उनकी पत्नी लितिजाए राजा रानी छन्। यसरी संसारका धेरै मूलुकहरुमा आज पनि सम्मानित राजसंस्था छ। तर नेपालमा तत्कालीन संकटपूर्ण अवस्थाले राजसंस्था हटाउने परिस्थिति श्रृजना गरेको हो।

त्यसैको फलस्वरूप आज मूलुक राजाबिहिन राष्ट्रपतीय पद्धतिमा सञ्चालनमा छ। राष्ट्पती सिंगो देशको भन्दा पार्टीको गोटीको रुपमा वढी प्रयोग भएको देखिन्छ। देश दिनपरदिन संकटमा पर्दै गएको अबस्था जनताले महसुस गरिरहेका छन्।

हाम्रो माइक्रो म्यानेजमेन्टसम्म बिदेशीहरुको हस्तक्षेप बढदो छ। यस्तो जटिल अबस्थाबाट देश जोगाउन अब राजसंस्था पुर्नस्थापित गर्न ढिलो गर्नु हुँदैन भन्ने माग आम जनतामा बढदो देखिन्छ। जनता अहिले हामीले ढिकी काटेर मूग्रो बनाएछौं भन्ने आत्मग्लानी गर्दै छन्।

यस्तो परिस्थितिको गहिरो अध्ययन गर्नेहरुले अब हामीले आफ्नो गल्ती सच्याउनै पर्छ भन्दैछन्। यसका लागि राजालाई पनि सच्चिएर आउने मौका दिनुपर्छ भन्नेहरुको जमात बढ्दो छ। हामीले राजा खोज्न कहीं‌ जानु पर्दैन। हामीसँगै देशमै छन।

राजनीति जनताले नै गर्ने हो। देशको रक्षाका लागि मात्र राजसंस्था राख्ने हो। किनभने राजाहरुलाई मात्र आफ्नो देशको माया हुन्छ। त्यसैले त राजाले देश छोडेर गएनन्। यो देशको सौभाग्य हो। अब राजा, जनता, काँधमा काँध मिलाएर राष्ट् निर्माणमा जुट्नुको बिकल्प छैन।
विदेशीको निर्देशनमा चल्ने नेताहरुबाट देशको रक्षा हुँदैन। यो राष्ट्र निर्माता पृथ्वीनारायण शाहले ठुलो कष्टका साथ आर्जेको मूलुक हो। लम्पसारबादीबाट देशको गौरवपूर्ण इतिहास जोगिनेवाला छैन।

अब देशका बुद्धिजिवी, नागरिक समाज, पत्रकार, बिषेश गरेर नेपाली सेना, सुरक्षा निकाय, इमान्दार कर्मचारी प्रशासन सबैले राष्ट्र जोगाउन एकजुट हुनुपर्ने दिन आइसकेको छ। अब ढिलो गर्नुहुँदैन भन्ने बहस पनि बाक्लै सुनिन्छ।

साथै भर्खरमात्र चेलेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पनि विपी कोइरालाको सैद्धान्तिक मूल्य, मान्यता र उनले अबलम्बन गरेको राष्ट्रिय मान्यतालाई छोड्न नहुने ब्यापक बहस भएको छ।

देशको तीन शक्ति हुन्छ, जस्लाई खम्बा भनिन्छ। जस्तो : राजसंस्था, जनता र सेना। यी शक्ति कमजोर भयो भने देशमा अराजकता सिर्जना हुन्छ। अहिले त्यस्तै देखिन्छ। ०६२/६३ को आन्दोलनबाट राजसंस्था हटाइयो। जनतालाई गरिखाने ठाउँ सरकारले बनाउन सकेन। रोजगारीको ब्यवस्था देशमा सबै बन्द छन्।

राजाका पालामा खोलिएका उद्योगधन्दाहरु सबै बन्द भएको छ। अब सेनालाई कमजोर बनाउन सके देशमा केवल राजनितिक दलहरुको मात्र हालिमुहाली चल्नेछ। बिदेशीले चाहेको र नेताहरुले खोजेको आर्थिकलाभ भैरहने, सत्ता टिकिरहने यस्तो नियत भएका नेताहरुबाट देश चल्दैन।

आफ्ना शक्तिहरुलाई कमजोर बनाउने राष्ट्र, देशको गोपनीयता, परराष्ट्र नीति सबै बिदेशिलाई सुम्पिदै जाने गरेको पाइएको छ। देशको‌ सीमा जमिन मिचिदै जाँदा वा अरुको संसदको सजावट बनाई सक्दा पनि बोल्न नसक्ने नेता र सरकार छ। कुटनीतिक बार्ता, परराष्ट्रले पत्र लेख्नै नसक्ने यस्तो निकम्मा पनि देश सञ्चालकहरु हुन्छन्?

परिवारबाटै समाज बन्छ, समाजबाट देश। देश, देशको बिच कुटनैतिक सम्बन्ध हुन्छ। अहिले नेपालमा ब्यक्तीगत सम्बन्धमात्र बढाउने पार्टीहरुको प्रतिस्पर्धा भएको छ।

यसरी देशको अस्तित्व कसरी जोगिन्छ ? चाहे परिवारमा होस या देशको। जहाँ आफ्नो कमजोरी अरुलाई देखाउने गरिन्छ, त्यो घर, घर रहँदैन। नाता सम्बन्ध सबै टुट्दै जान्छ।

आफ्नो घर अरुले बनाइदिने होइन त्यस्तै आफ्नो देश आफैले बनाउने हो। सबै एकजुट भएर अगाडि बढनुको बिकल्प छैन। राष्ट्रको पहिचान, रक्षा र स्थायित्वका लागि सबै पक्षलाई राजनीतिको मूलधारमा ल्याउन ढिलो गर्न हुन्न।

-लेखक बेद प्रसाद घिमिरे 

प्रतिक्रिया