रवि लामिछानेले आक्रोशित हुँदै भने विदेशमा गएर केही गर्छु भन्ने २ युवाको राज्यले हत्या गर्‍यो(भिडियो सहित)

इनेप्लिज २०८० पुष १७ गते १९:४३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा राज्यले २ जना युवाको हत्या गरेको टिप्पणी गरेका छन्। विदेशमा गएर केही गर्छु भन्ने २ युवाको राज्यले हत्या गरेको लामिछानेको भनाइ छ।

सोमबार बसेको संघीय संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले बालकुमारीमा राज्यले हत्या गर्दा २ युवाको ज्यान गएको बताए।

त्यसैगरी लामिछानेले अन्य प्रसंग समेत निकालेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गरे। कुनै समय इमानको राजनीति गर्ने नारायणकाजी श्रेष्ठ पदको लोभ गर्ने व्यक्तिमा रुपान्तरण भएको उनले बताए।

‘अब गृहन्त्री त्यो नारायणकाजीमा रहेनन्, जसले इमानको राजनीति गर्थ्यो। आउने पुस्ताले उदाहरणको रुपमा लिन्थ्यो,’ लामिछानेले भने।

गृहमन्त्रीले भुटानी काण्ड अनुसन्धान गर्ने प्रहरी अधिकृतको सरुवा गरेको, सुन प्रकरणमा प्रहरीलाई काम गर्न नदिएको आरोप पनि उनले लगाए। लामिछानेले गृहमन्त्रीका लागि मरिहत्ते गरेको समेत आरोप नारायणकाजीलाई लगाए।

संविधानको मर्म विपरीत राष्ट्रिय सभामा आएको र गृह मन्त्रालयका लागि मरिहत्ते गरेको आरोप लामिछानेको थियो। आफूमाथि पनि प्रतिशोध साँध्ने गरी छानबिन समिति बनाएको, तर अहिलेसम्म प्रतिवेदन सार्वजनिक गर्न नसकेको बताए।

https://www.youtube.com/watch?v=do76ayNdt84

प्रतिक्रिया