नेपाली राजनीतिमा दिनानुदिन चुनौतीहरू थपिँदै छन् । विगतमा थोरै राजनीतिक दलहरू थिए, कांग्रेस, कम्युनिस्ट र राजावादी भन्दा पुगिहाल्थ्यो । तर, हामीले संविधानमै बहुदलीय व्यवस्थाको अभ्यास बमोजिम नयाँ राजनीतिक दलहरू नयाँ विचारसहित नेपाली समाजमा स्थापित भइरहेका छन् । त्यसले गर्दा विगतमा सीमित राजनीतिक दलहरूको विकल्पहीनताबाट अब आम जनतासँग पनि छनोट गर्ने प्रशस्त आधारहरू बन्न थालेका छन् । हामीले पुरानै कार्यशैली अपनायौं भने आउँदा दिनमा नेपाली कांग्रेसका लागि अवस्था त्यति सहज हुनेछैन । त्यसैले गुट–उपगुटभन्दा माथि उठेर बीपीले गरेको परिकल्पनालाई साकार पार्नका लागि एक पाइला मात्रै अगाडि बढाउने हो भने पनि सफलताको सिँढी चढ्न हामीलाई धेरै बेर लाग्नेछैन । होइन भने दिवस र स्मृति दिवस आउँदा एक मिनेट मौन धारण गर्ने, त्यस दिनका सञ्चारमाध्यमका हेडलाइन बनाउने अनि पुष्पगुच्छा अर्पण गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने काममा मात्रै सीमित हुने पक्का छ । नेपाली कांग्रेस जहिले पनि सहमति, सहकार्य र एकताको हिमायती भएका नाताले अहिले देखिएका तमाम समस्याको समाधानका लागि राजनीतिक दलहरू र नागरिक समाजसहित सबै शक्तिलाई साथमा लिएर प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री हिन्दुरास्ट्र साथै राजसंस्था को एजेन्डा लियर अगाडि बढ्ने कामको नेतृत्व गर्न जरुरी छ ।
अहिले नेपाली समाज निराश र अस्तव्यस्त अवस्थामा छ । यस्तो बेला नेपाली कांग्रेस आत्मरतिमा रमाउने होइन कि समाज र देशलाई दिशा दिनमा योगदान गर्नका लागि सबै मिल्ने र सबैलाई मिलाउने काम गर्न सक्नुपर्छ । अनि मात्र साँच्चिकै हामीले झन्डै पाँच दशकदेखि मनाउँदै आएको राष्ट्रिय मेलमिलाप दिवसको सार्थकता हुनेछ ।
विदेश काम गर्न जान पाऔं भन्ने युवाहरूले देशभित्रै ज्यान गुमाउनुपर्ने दुःखद अवस्था छ भने अन्तर्राष्ट्रिय परिस्थिति २०३३ सालको भन्दा अरू जटिल हुँदै गएको छ । शक्तिशाली रुसको आक्रमण झेलिरहेको युक्रेनले अस्तित्वको लडाइँ लड्नुपरिरहेको छ । इजरायल–गाजा द्वन्द्वले विश्व राजनीतिका अप्ठेराहरू झन् अरू छर्लङ्ग पारिरहेको छ । हाम्रा दुई छिमेकी भारत र चीन विश्वशक्ति बन्न प्रतिस्पर्धा गरिरहँदा हामी भने खाद्यान्न र अत्यावश्यक वस्तुमा परनिर्भर हुँदै गएका छौं । व्यापार घाटा बढेको छ । दैनिक सयौं युवा रोजगारी र पढाइका लागि विदेश गइरहेका छन् । महिला, दलित, जनजाति लगायतका समुदायविरुद्ध भेदभाव कायमै छ । हामीसँग समय छैन । अब कांग्रेसले आउँदा दस वर्षभित्र देशको रूपान्तरण गर्ने, अल्पविकसित स्थितिबाट मुलुकलाई विकासशील मुलुक बनाउने, देशभित्रै रोजगारी र उद्यमशीलता बढाउने, सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार ल्याउने स्पष्ट एजेन्डा अगाडि ल्याउनुपर्छ।
अहिले राजनीति देश र जनताका लागि भन्दा पनि व्यक्ति र परिवारमा केन्द्रित भइरहेको छ । यो अवस्थामा बीपीको अभाव झनै खड्किन थालेको छ । नेपाली कांग्रेसको सिद्धान्तका प्रतिपादक बीपीकै मार्गनिर्देशनमा अहिलेसम्म यो पार्टी हिँडेको दाबी गरिए पनि पछिल्लो समय त्यो नेतृत्वको कमी गहिरो गरी महसुस हुँदै गएको छ । बीपीले कहिल्यै कसैलाई काख र कसैलाई पाखा नगरेकैले नेपाली कांग्रेसको इतिहास बलियो र सुदृढ थियो । तर अहिले नेपाली कांग्रेसको नीति के हो, कार्यदिशा के हो भन्ने तमाम प्रश्नको जवाफ दिने हैसियत नेतृत्वमा नभएको जस्तो अनुभूति हुन्छ ।
अहिले पार्टीभित्रै बेमेल छ । एकले अर्कालाई अस्वीकार गर्ने प्रवृत्ति हावी भइरहेको छ । नेपाली कांग्रेसलाई अब साँच्चिकै बीपीले परिकल्पना गरेको जस्तो बनाउने हो भने हामी सबै एकजुट हुनुपर्छ । बीपीले जस्तै विगतका तीतामीठा कुरा बिर्सेर राष्ट्र र राष्ट्रियता बलियो बनाउन र जनताको जनजीविकाका सवालहरूलाई सम्बोधन गरेर अगाडि बढ्नका लागि संकल्प गर्न जरुरी भइसकेको छ
२०१५ सालको आम निर्वाचनपछि दुईतिहाइ बहुमतसाथ नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले सरकारको नेतृत्व गरिरहेका बेला राजा महेन्द्रले ‘कु’ गरेर पञ्चायती व्यवस्था लागू गरे । प्रजातन्त्रको हत्यासँगै जेल परेका बीपी २०२५ सालमा रिहाइपछि उपचार गर्न भन्दै भारत जानुभयो ।भारत निर्वासनमा ८ वर्ष बसेपछि बीपीले नेपालमा बढ्दो राजनीतिक ध्रुवीकरण र वामपन्थीहरूको हालीमुहाली देखेर प्रजातन्त्र प्राप्तिका लागि स्वदेशमै बसेर संघर्ष गर्ने अठोट गर्नुभयो । र, राष्ट्रिय मेलमिलापको नीति लिई २०३३ पुस १६ गते गणेशमान सिंह लगायतका नेताहरूसहित भारतबाट फर्किनुभयो ।
बीपीले मेलमिलापको नीतिसहित काठमाडौं आउँदै गर्दा देश राष्ट्रिय संकटमा रहेको र यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको उल्लेख गर्नुभएको थियो । भारतले सिक्किम विलय गरेसँगै नेपालमा पनि यस्तो चलखेल हुने बुझेरै बीपी राष्ट्रियता र मेलमिलापको नीति अँगाल्दै स्वदेश फर्किनुभएकामा दुई मत छैन ।
बीपीले ठूलो हृदय बनाएर, २०१५ सालमा पाएको जनमतको घमन्ड नगरी सबैलाई विगतका अप्रिय विवाद, अनुभव र मतभिन्नता बिर्सेर एकताको सूत्रमा बाँधिने पहल गर्न आह्वान गर्नुभएको थियो । ‘राष्ट्र रहेन भने हामी रहन्नौं’ भन्ने भावनाले प्रेरित बीपी काठमाडौं आइपुग्दा पुनः पक्राउ पर्नुभयो, तैपनि प्रजातन्त्र प्राप्तिको आन्दोलनलाई निरन्तरता दिनुभयो
दक्षिण एसियामा देखिएको त्यति बेलाको राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका बीपी राजनीतिक दल र त्यति बेलाको राजशक्ति मिल्नुपर्ने अडानमा प्रस्ट हुनुहुन्थ्यो ।
२०४७ सालको संविधान बन्दा बीपीको देहावसान भइसकेको भए पनि उहाँले अँगालेको नीति अनुसार नै त्यति बेला नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको पहलमा नेपालको संविधान–२०४७ जारी भयो । संविधान अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकीकरणको अभ्यास सुरु भए पनि त्यसपछि नेपाली कांग्रेसभित्र देखिएको अस्वस्थ प्रतिस्पर्धाले पार्टीलाई नै नोक्सान गर्दै गयो । तत्कालीन अवस्थामा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीचको तनाव अनि सर्वमान्य नेता गणेशमान सिंहको निष्क्रियतापछि नेपाली कांग्रेसको दुर्दशा सुरु भएको हो ।
संविधानमाथि धावा बोल्ने शक्ति माओवादीले सशस्त्र युद्ध गर्दै अशान्ति मच्चाउन थालेपछि र दरबार हत्याकाण्डपछि नेपाली राजनीति झन् खराब अवस्थामा पुग्यो । २०६२–६३ सालको जनआन्दोलनपछि मुलुकमा नेपाली कांग्रेसको नेतृत्वमा गणतान्त्रिक व्यवस्थाको सूत्रपात भयो । संविधानसभाबाट संविधान जारी गर्ने कामको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्यो तर अहिले नेपाली कांग्रेसको अबस्था दयनिय छ मेलमिलापका नाउँमा बि. पि . फोटामा माला लगाउने भन्दा अरु केही गर्दैन आफ्नै गुठ र उपगुठमा जेलियको छ । अब नेपाली कांग्रेसले सबै पाटिसग सह कार्य गरेर प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री, हिदुरास्ट सगै राज संथाको एजेन्डा बोक्नै पर्छ ।
बेद प्रसाद घिमिरे नेपाली कांग्रेस कृयासिल सदस्य
प्रतिक्रिया