बालकुमारी गोली प्रकरणमा प्रहरी भन्छ शाहको गोली लागेर र राउतको भागदौडमा मृत्यु हो (भिडियो सहित)

इनेप्लिज २०८० पुष १६ गते ११:०० मा प्रकाशित

प्रहरीले राजधानीको बालकुमारीमा भएको घटनामा एक जनाको गोली लागेर र अर्काको भागदौडमा मृत्यु भएको जनाएको छ । ललितपुर प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीले जारी गरेको विज्ञप्तिमा दुवै जनाको उपचारका क्रममा मृत्यु भएको उल्लेख गरिएको छ । शाहको पाटन अस्पताल र राउतको किष्ट अस्पतालमा मृत्यु भएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थिति नि]]]]]]]]]यन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले आक्रोशित भीडलाई नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेवार बल प्रयोग गर्दा जिल्ला अछाम, चौरपाटी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २१ को वीरेन्द्र शाहलाई गोली लागि घाइते भई औषधि उपचारको लागि पाटन अस्पताल लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको। सोही स्थानमा भाग दौडको क्रममा जिल्ला दैलेख, महावु गाउँपालिका वडा नं ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउत घाइते भई तत्काल उपचारको लागि इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको भनि चिकित्सकले मृत्यु घोषित गरेको।’

https://www.youtube.com/watch?v=gqKsGewPwsg

प्रतिक्रिया