प्रेस नोट
आसन्न राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा क्रियाशील, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा संलग्न व्यक्तिहरुको उपस्थिति सुनिश्चित गर्न हाम्रो संगठनले जोडदार माग गरेको छ ।
यस प्रयोजनका निम्ति हाम्रो संगठनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क.माधवकुमार नेपालमार्फत सत्तारुढ गठबन्धनसँग माग गरेको हो । आज संगठनले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा संगठनको तर्फबाट राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार बनाउन उपयुक्त व्यक्तिहरुको नाम पनि सिफारिस गरिएको छ । त्यसमध्ये जो कोही व्यक्ति र संख्या छनौट भए पनि हामीलाई मञ्जुुर हुने छ ।
०४६ सालको संयुक्त जनआन्दोलनदेखि २०६२÷६३ को दोस्रो जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको बहालीका निम्ति देशका पत्रकार तथा पेशाकर्मीले खेलेको भूमिकालाई स्मरण गर्दै प्रतिनिधिमूलक सदनका रुपमा राष्ट्रियसभालाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिइएको छ ।
अन्य पत्रकार संघ, संगठनले पनि संसदमा पत्रकारको उपस्थितिका सन्दर्भमा आ–आफ्नो आस्था भएका संस्थामार्फत यसै प्रकारले दबाब दिनुहुने विश्वस लिइएको छ ।
क्र.सं नाम जिल्ला- प्रदेश समुदाय
१. शम्भुलाल श्रेष्ठ पाल्पा- लुम्बिनी आदिवासी, जनजाती पुरुष
२. किशोर श्रेष्ठ ललितपुर- बागमती आदिवासी, जनजाती पुरुष
३. बोधराज त्रिपाठी काभ्रे- बागमती खस, आर्य पुरुष
४. कौशल चेम्जोङ उदयपुर- कोशी आदिवासी, जनजाती पुरुष वा अल्पसंख्यक
५. राममाया भट्टराई (चमिना) बारा- मधेश खस, आर्य महिला
६. भरतराज पोखरेल बर्दिया- लुम्बिनी खास, आर्य पुरुष
७. सितल साह धनुषा- मधेस मधेसी पुरुष
८. विश्वमणि सुवेदी सुनसरी- कोशी खस, आर्य पुरुष
९. जीवन बिसी सल्यान- कर्णाली खस, आर्य पुरुष
१०. भीम रसाइली मुस्ताङ- गण्डकी दलित पुरुष
११. हेमकर्ण विश्वकर्मा कैलाली- सुदूरपश्चिम दलित पुरुष
१२. प्रतीज्ञा बूढा मगर रोल्पा- लुम्बिनी आदिवासी, जनजाती महिला
मिति– २०८०।०९।१५
(रामकुमार एलन)
महासचिव
प्रतिक्रिया