उत्तर कोरियाका किमले २०२४ मा थप ३ वटा जासुसी उपग्रह प्रक्षेपण तथा थप आणविक सामग्री उत्पादन गर्ने

इनेप्लिज २०८० पुष १५ गते १४:११ मा प्रकाशित

उत्तर कोरियाका नेता किम जोङ उनले २०२४ मा थप ३ वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने र थप आणविक सामग्री उत्पादन गर्ने वाचा गरेका छन् ।

उनले तीन थप सैन्य जासूस उपग्रहहरू प्रक्षेपण गर्ने, थप आणविक सामग्रीहरू उत्पादन गर्ने र २०२४ मा आक्रमण मानवरहित यान (ड्रोन)हरू प्रस्तुत गर्ने वाचा गरेका छन् ।

उत्तर कोरियाली सरकारी दूरदर्शन (टिभी)ले जनाए अनुसार उनले अमेरिकी नेतृत्वको चालहरूको सामना गर्न “अत्यधिक” युद्ध तयारीको लागि आह्वान गरेका छन् ।

प्रमुख सत्तारुढ कार्यकर्ता दलको बैठकमा गरिएको किमको टिप्पणीले आगामी अर्को बर्ष नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको चुनाव अघि हतियार परीक्षणको दौडलाई तीव्र पार्ने सुझाव दिन्छ भनि एबिसीन्यूजले उल्लेख गरेको छ ।

शनिबार सकिएको पाँचदिने बैठकमा किमले संयुक्त राज्य अमेरिका र यसका अनुयायीहरूले उत्तर कोरिया विरोधी चालहरू इतिहासमा अभूतपूर्व चरम सीमामा पुगेको उनले बताए ।

किमले अमेरिका-दक्षिण कोरियाको सैन्य अभ्यासको विस्तार र दक्षिण कोरियामा बमवर्षक र आणविक हतियारयुक्त पनडुब्बी जस्ता शक्तिशाली अमेरिकी सैन्य सम्पत्तिहरूको बारेमा समेत चर्चा गरे ।

किमले सम्भावित शत्रुको उत्तेजनालाई रोक्नको लागि “अत्यधिक युद्ध प्रतिक्रिया क्षमता” को लागी आह्वान गरे।

उनले गत नोभेम्बरमा प्रक्षेपण गरेको देशको पहिलो टोही उपग्रहको अतिरिक्त अर्को वर्ष थप ३ वटा सैन्य जासूस उपग्रह प्रक्षेपण गर्ने योजना राखे । उनले थप आणविक हतियारहरू निर्माण गर्न “विश्वसनीय आधार” स्थापना गर्नुपर्ने आवश्यकतालाई जोड दिए ।

किमले अधिकारीहरूलाई पनडुब्बी क्षमता बढाउन र सशस्त्र मानवरहित यान (ड्रोन )जस्ता विभिन्न प्रकारका मानवरहित लडाकू उपकरणहरू विकास गर्न पनि आदेश दिएका छन् ।

प्रतिक्रिया