इजरायलद्वारा हमासको आम मुख्यालय रहेको सुरुङ ध्वस्त

इनेप्लिज २०८० पुष १५ गते १३:४३ मा प्रकाशित

इजरायलले हमासको आम मुख्यालय रहेको सुरुङ ध्वस्त गरेको बताएको छ ।

इजरायल रक्षा बल (आइडीएफ)ले उत्तरी गाजा भूभागको गाजा शहर नजिकै हमास नेता याह्या सिनवारको लुकेको आवासगृह (अपार्टमेन्ट )पत्ता लगाएर नष्ट गरेको बताएको छ।

आईडिएफका सिपाहीहरूले अतिरिक्त प्राविधिक माध्यमहरू प्रयोग गरेर आवासगृह (अपार्टमेन्ट)को जाँच गरे र बेस्मेन्ट ( छिडी )मा रणनीतिक सुरुङ्ग टनेल रहेको पत्ता लगाए। सिपाहीहरूले सुरुङ्गको निरीक्षण गरे र ६५ फिट भन्दा बढी गहिराइको ७१५ फिट सुरुङमा पुगेको एबिसीन्यूजले जनाएको छ ।

हमासको सैन्य र राजनीतिक शाखाका वरिष्ठ अधिकारीहरूले प्रयोग गरेको आईडिएफले उल्लेख गरेको छ ।

उक्त सुरुङमा विद्युतीय सञ्जाल, भेन्टिलेसन(वायु संचार) र ढल निकासको पूर्वाधार, लुकाउने सामग्री, प्रार्थना कक्ष र विश्राम कोठा रहेको आइडिएफले जनाएको छ। आइडिएफका अनुसार उक्त सुरुङ भित्र बस्न र लामो समयसम्म लडाई सञ्चालन गर्न सम्भव हुने गरी निर्माण गरिएको बताएको छ ।

प्रतिक्रिया