सन्दीप लामिछाने जे,ल जाने भएपछि गौशला २६ ले भनिन पीडित नै अप,राधीजस्तो बनेर कसैले हिँड्नु नपरोस् (भिडियो सहित)

इनेप्लिज २०८० पुष १५ गते ५:५७ मा प्रकाशित

त्यो घटनापछि म एक्लै लडेको हो । आफूमाथि अपराध गर्ने विरुद्ध लडियो । लड्दा लड्दै आफन्त विरुद्ध लडियो, आफ्ना विरुद्ध पनि लडियो । आफूमाथि अपराध गर्ने विरुद्ध त म अठोटका साथ नै लडेको हो ।

घटनापछि म आफैं लामो समय बिक्षिप्त भएँ । पछि आफ्नो ज्यान नै खतरामा हुने अवस्था आयो, त्यतिबेला पनि मैले हिम्मत जुटाए ।

यस्ता अपराध र शोषणमा कतिपय मानिसहरु लड्न डराउनुभएको छ । मैले उहाँहरुलाई कृपया लड्न नडराउनुहोस् भन्न चाहन्छु । अन्यायविरुद्ध लड्ने हो भने न्याय अझै मरेको रहेनछ भन्न चाहन्छु । न्याय पाइँदो रहेछ ।

मुद्दाको अन्तिम सुनुवाइ सुरु भएदेखि नै म अदालतमा गएर इजलासमा बसिरहेको थिए । सुनुवाईको अन्तिममा मैले आफ्नो कुरा पनि राखेँ । म जसरी पनि लड्छु र लड्न हिम्मत हार्दिन भनेर इजलासमा आफूमाथि भएको कुरा राखेँ ।

साथसाथै प्रतिवादीको एउटा सामाजिक सञ्जाल पोष्टमा मैले केही लेखेको थिएँ । ‘जति गर्नु छ, जेल बाहिर हुँदा गर, तँ ढिलो चाँडो जेल जाने नै हो’ भनेर प्रतिक्रिया दिएको थिएँ ।

किनभने अरुलाई थाह नभए पनि मलाई त उ अपराधी हो भन्ने थाह छ । अरुले नदेखे पनि उसले ममाथि गरेको अपराध त मलाई राम्ररी थाहा छ । त्यसैले आफूलाई रोक्न सकिनँ र लेखेँ । मैले लेखेको कुरा इजलासमा प्रश्न उठेकाले मैले आफ्नो भनाइ राखेकी हुँ ।

https://www.youtube.com/watch?v=Jm3leSXoEJ0

प्रतिक्रिया