इजरायल-हमास युद्ध सुरु भएदेखि संयुक्त राष्ट्रसंघको आश्रयस्थलमा आश्रय लिइरहेका ३०० भन्दा बढी व्यक्तिको मृत्यु

इनेप्लिज २०८० पुष १४ गते १:४६ मा प्रकाशित

इजरायल-हमास युद्ध सुरु भएदेखि संयुक्त राष्ट्रसंघको आश्रयस्थलमा आश्रय लिइरहेका ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एजेन्सी(सँस्था)ले जनाएको छ।

इजरायल-हमास युद्ध अक्टोबर ७ मा सुरु भए देखि प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्रको राहत र कार्य निकाय (युएनआरडब्लुए) को आश्रयस्थलहरूमा आश्रय दिने कम्तीमा ३०८ व्यक्तिको मृत्यु भएको छ । युएनआरडब्लुएले सामाजिक संजाल एक्समा जनाए अनुसार इजरायल-हमास युद्ध अक्टोबर ७ मा सुरु भएदेखि कम्तिमा १,०९५ जना घाइते भएका छन् ।

डिसेम्बर २५ मा बिद्यालयमा आश्रय लिइरहेका २ व्यक्तिको मृत्यु भएको र १ जना घाइते भएका छन ।

इजरायल रक्षा बलले गाजा भूभागमा हमास आतंकवादी लक्ष्यहरू विरुद्धको कारवाहीको क्रममा आईएएफ लडाकु विमानहरूले डिसेम्बर २४ मा हमास गुप्तचरहरू अवस्थित दुईवटा लक्ष्यहरूलाई प्रहार गरे ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा करिब ७० जनाको मृत्यु भएको छ । आक्रमणहरू अल-मगाजी शरणार्थी शिविरमा लक्ष्यहरू विरुद्ध थिए।

प्रतिक्रिया