बिस्व राज थापा, वाशिंगटन डिसी, अमेरीका : ” ग्रेस नेपाली चर्चले बडादिन ख्रीष्टमस उत्सव कार्यक्रम २०२३ , भव्यताका साथ विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि सम्पन्न गर्यो ।
उक्त क्रिस्मस कार्यक्रममा नेपाल तथा अमेरिका दुबै देशका रास्ट्रिय गीत बाट शुरु गरि इसाइ धर्म अनुरूप जस बा. गुरुंगले समर्पणको प्रार्थना गरि शुरु भएको थियो र ग्रेस नेपाली चर्चको बारेमा जानकारी दिदै पास्टर रमेश पाठकले निमन्त्रित सम्पूर्ण पाहुना तथा अनलाइमा प्रतक्ष्य प्रसारण हेरी रहेका दर्शकदीर्घा लाई स्वागत मन्तब्य द्वारा न्यानो अभिवादन तथा विधिवत रुपमा स्वागत गर्नुभएको थियो । कार्यक्रम संचालन डा. कृपा थापा ले कुशलताका साथ गर्नु भएको थियो।
उक्त चर्चका कोएर झुण्डले क्रिसमस सम्बन्धी विभिन्न ख्रीष्टिय भजन तथा कोरस हरुको गाउनुभई परमेश्वरलाई प्रशंसा र आराधना गर्दा कार्यक्रमलाई अझ आकर्षित भएको थियो । ग्रेस नेपाली चर्चको कोएर टिम मा १२ सदस्यहरु वाद्यवादन तथा गायनमा हुनुहुन्थियो । किबोर्ड तथा मुख्य गाइका : निस्सी थापा , बास गिटार तथा स्वरमा पास्टर एन्डी सुनुवार, इलेक्ट्रीक गिटार तथा स्वरमा निशान श्रेष्ठ त्यसैगरी गिटार तथा स्वरमा सुमन राई र ड्रम मा सुदम थापा तथा गायक कल्याण बजगाईं ले साथ दिनु भएको थियो भने दिदी – बहिनी हरु : कृपा थापा , सुसन सुनचेउरी श्रेष्ट, सुनिता लामा, दिक्षा बस्नेत लिम्बु, फुर्लामु शेर्पा राई तथा सुजु सुनुवारको मिठो स्वरले कार्यक्रमलाई मन्त्रमुग्ध बनाइएको थियो । ग्रेस नेपाली चर्चको यस कायक्रम मा बिषेश येशु ख्रिष्ट तथा ख्रीष्टमस सम्बन्धी भजन / कोरस / बाल – नृत्य तथा विषेश वाद्यबादन धुन को बेजोड प्रस्तुति भएको थियो ।
नेपाली समाजका बिशेष व्यक्तित्वहरुलाई निमन्त्रित गरिएको यस कार्यक्रममा ग्रेस नेपाली चर्चका मुख्य पास्टर रमेश मैनालीले सम्मान पुर्वक आदर गर्दै खादा पहिर्याई आदरका साथ भूमिका निभाउनु भएको थियो। यस कार्यक्रममा बिशेष गरि नेपाली मुलका बिशेष अथिति एड्रियान पोख्रेल, वरिष्ठ नेपाली साहित्यकार गोबिन्द गिरी प्रेरणा, संन्चार कर्मीहरु, गुणराज लुइँटेल, कबिन्द्र सिटौला तथा बिस्व राज थापा त्यसैगरि ब्यापारी तथा समाजसेवीहरु कर्मश: चिरन्जीवी लामिछाने, कमल पारख, कबिन्द्र सिटौला, कल्याण कार्की तथा एन.आर.एन.ए. एन. सि.सि. भर्जिनिया च्यापटरका वर्तमान अध्यक्ष बिशाल कार्की तथा समाजसेवी नेत्र घिसिङ्ग लाइ खादा पहिर्याई सम्मान गरिएको थियो। बिशेष: नेपाली मुलका एड्रियान प्रोख्रेल जो भर्जिनिया राज्यको दशौ जिल्लाबाट कंग्रेस म्यानको लागी डेमोक्रेटिक पार्टीबाट प्रत्याशी उम्मेद्वार पहिलो पटक यसै कार्यक्रम मार्फत सामाजिक कार्यक्रममा प्रस्तुत हुँदा कार्यक्रम आझै आकर्षित भएको थियो। साथै पोख्रेल को सफलताको लागी ग्रेस नेपाली चर्चले प्रार्थना सहित कामना गरेको छ।
स्थानीय चर्चका बाल संगती का नानीहरू : अबिगेल गुरुङ तथा प्रिन्स बि. क. ले लालुपाते फुल फुल्यो रातै बन.…… बोलको गीतमा नृत्य हेर्दा सबै उपस्थित जनहरु उत्साहित भएका थिए । उडी रहुँ उडी रहुँ लग्यो …. बोलको अन्जु पन्तको गीतमा भेने प्रिती लिम्बुको एकल नृत्य रहेको थियो।
त्यसैगरि सो चर्चका आमा दिदी बहिनीहरू: सुनिता लामा, शर्मिला ठकुरी तामाङ्ग, सुसन सुञ्चेउरि श्रेष्ठ तथा सुजु सुनुवारले “ जीवन छोटो छ …… हो जीवन छोटो छ.……. , भन्ने गितमा उत्कृस्ट नृत्य प्रस्तुत गरि कार्यक्रमको माहोललाई तताएका थिए। त्यसैगरि, ग्रेस नेपाली चर्चका जवान समुह को नृत्य भने तामाङ्ग सेलोको लोक भाकामा सुमन राई, एरोन सुनुवार, प्रकाश बी.क., फुर्लामु शेर्पा राई, दिक्षा बस्नेत लिम्बु ले हे……हे …ला…ला… लास्सो दुख र कस्ट भोग्दै छु.… बोलको गीतमा सामुहिक नृत्य हेर्दा फेरि उपस्थित सबैजना उत्साहित हुदै चिच्चाहटको स्वर दर्शकदीर्घा बाट आएको थियो।
निमन्त्रित सम्पूर्ण पाहुनाहरूलाई मध्यनजर राखी ख्रीष्टमस विशेष उपहारहरु पनि प्रदान गरिएको यस कार्यक्रममा स्थानीय चर्चका कोएर झुण्डले लोक भाकामा बिशेष भजन गाउँदा सबै दर्शकदीर्घाहरुलाई नाचेका थिए। मैन बत्तिको उज्यालोमा महिमा……उच्चमा परमेश्वर भजन गाउँदा भने दर्शकदीर्घाहरू शान्त रहेका थिए।
अन्त्यमा, ग्रेस नेपाली चर्चका अध्यक्ष तथा मुख्य पास्टर रमेश मैनालीले सम्पूर्ण निमन्त्रित पाहुनाहरु तथा सो चर्चका कोएर झुण्ड तथा सम्पूर्ण स्वयंसेवकहरूलाई धन्यबाद दिनुभई आशिष को प्रार्थना गरि ख्रीष्टमस तथा नयाँ वर्ष २०२४ को शुभकामना दिदै कार्यक्रम अन्त्य भएको घोसणा गर्नु भएको थियो। त्यसपछि ख्रीष्टमस तथा नयाँ बर्ष २०२४ को शुभकामना आदानप्रदान गरि सबैका लागी तयार पारिएको प्रेम भोज ( रात्री भोज ) खाई हर्षोल्लासका साथ बिश्वमा प्रेम , शान्ति र सदभाव को कामना गर्दै सम्पन्न भयो !!
यस कार्यक्रमलाई ईनेपलिज डटकम तथा डी. सी.नेपाल डटकम ले प्रत्यक्ष प्रसारण पनि गरेका थि
विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।
प्रतिक्रिया