कृश्चियनको प्रलोभन र हिन्दुको अपमान

नबिन बिक २०८० पुष ११ गते ११:४६ मा प्रकाशित

कुनै समय नेपाल संसारको एक मात्र हिन्दु राज्यको रुपमा चिनिन्थ्यो, राजालाई बिष्णुको अबतार मानिन्थ्यो तर आज समयले कोल्टो फेरेको छ। न नेपाल हिन्दुराज्य नै रह्यो न त राजा नै रहे।यद्दपी हिन्दुहरुको जनसंख्या अन्य धर्मालम्बिहरुको भन्दा धेरै ठुलो छ। अहिले हिन्दुधर्म त्याग्नेहरु दिनानुदिन बढ्दो छ, यति नै भन्ने सहि तथ्य कसै संग छैन किनकी राज्यले गरेको जनगणनमा सत्य तथ्य लुकाईएको आरोप लागिरहन्छ। किनकी २० बर्ष पहिला र अहिलेको डेटामा क्रिश्चियनहरुको संख्या र हिन्दुहरुको संख्यामा खासै फरक देखिदैन तर बास्तबिकतामा अहिले कृश्चियनहरुको संख्या धेरै नै बढेको छ।

कृश्चयनहरुको संख्या बढनुमा दुई कारण छन,एक प्रलोभन र अर्को अपमान। प्रलोभनमा परेर हिन्दुधर्म मान्ने बाहुन क्षेत्री हरु कथित स्वघोषित उपल्लो जातका छन भने अपमानले गर्दा शिल्पी समुह (जसलाई दलित भनेर नामांकन गरिएको छ) जस्ले परापुर्बकाल देखिनै राज्य र जनतालाई तिरी नसक्नु गुण लाएका छन तिनीहरु सम्मान र समताको लागी हिन्दु धर्म छोड्दै छन।हिन्दुधर्मले मान्छे ( दलित) लाई कुकुर जतिको ब्यबहार पनि नगरे पछि , पछिल्लो समयमा धर्मपरिबर्तनको अकल्पनिय लर्को लागेको छ। हिन्दु हुँ भनेर मन्दिर जादा,मन्दिर प्रबेश नदिने, पुजा गर्ने नदिने तर चर्चले दुई हात फैलाएर स्वागत गर्दा चै बिरोध गर्ने? कस्तो पाखन्डी प्रबृति?

केही दिन पहिला सुदन किराँतीले दिएको एक मन्तब्यलाई हिन्दु समुदायका नेताहरु र राजनितिक पुर्बाग्रह राखेर प्रतिसोध साध्नेहरुले राम्रै संग तोडमोड गरिदिए र राजिनामा सम्म माग्न भ्याए। बास्तबमा उनले तेस्तो नराम्रो केही भनेका थिएनन।कृश्चियनलाई नमान्नु ( रिकगनाईज नगर्नु) भनेको सबिधान नमान्नु हो( किनकी संबिधानमा धर्मनिरपेक्ष भनेर लेखिएको छ) सबै धर्मलाई बराबर सम्मान र अधिकार दिईएको छ। संबिधान र कानुनै नमान्ने त देशद्रोही हुन्छ त्यो त सबैले जानेकै कुरा हो।यति कुरा पनि नबुझेर जानी जानी बुझ पचाएर उनलाई बिबादमा तानियो।मानौ कृश्चियनहरुको बिरोध गर्नु नै हिन्दुहरुको धर्म हो , अनि मात्रै पक्का हिन्दु भईन्छ तर हामीलाई हाम्रो छोरा छोरी सेन्टजेभियर, होलील्यान्ड, लिटलफ्लावर वा अन्य मिशिनरी ग्रुपले चलाएको अंग्रेजी स्कुलमा पढाउन तछाड मछाड गर्छौ।

सुन्दा नराम्रो लाग्न सक्छ तर यदि युरोप र अमेरीकाले कृश्चियन धर्म स्विकार गरे भिषा दिन्छौ मात्र भन्दिए भने ३ महिनामा नेपाल खाली हुन्छ।

प्लस टु वा कलेज सकेपछि कृश्चियन देशका कलेज र बिश्वबिध्यालयहरुमा घर खेत बेचेर पठाउदा त्यहा धर्मको कुरा आउदैन। बिदेशमा बिफ जन्य खानेकुरा बेचिने स्टोर वा रेष्टुरेन्टमा काम गरेर कलेजको पैसै तिर्दा वा घरमा खर्च पठाउदा धर्मको कुरा आउदैन, तर नेपालमा अलिकति कसैले हिन्दुधर्म बाहेक अरुधर्मको केही कुरा उठाए मात्रै भने पनि आगो लाग्छ। अझ राष्ट्र प्रमुखले कुनै कृश्चियनहरुको कार्यक्रममा भाग लिए भने त जिन्दगीभरको ताना सुन्नु पर्छ, केपी शर्मा ओलीले जसरी।

अमेरिकामा १५०० मन्दिर छन, अमेरिकामा र युरोपमा हिन्दु मन्दिर बढ्यो भने हामी गर्ब गर्छौ तर नेपालमा चर्च बढ्यो भने हामी बिरोध गर्छौ

के तपाईलाई थाहा छ? संसारकै ठुलो हिन्दु मन्दिर कहा छ? BAPS Swaminarayan Akshardham अमेरिकाको न्यु जर्सीमा छ। आज अमेरीकामा १५०० जतिको हाराहारीमा हिन्दु मंदिरहरु छन, यही कसैले कसैलाई जुनसुकै धर्म माने पनि बिरोध गर्दैनन, अमेरिकामा र युरोपमा हिन्दु मन्दिर बढ्यो भने हामी गर्ब गर्छौ तर नेपालमा चर्च बढ्यो भने हामी बिरोध गर्छौ र चिन्तित हुन्छौ। यो कस्तो सोच हो हाम्रो ? संयुक्त अधिराज्य ( UK) को प्रधानमन्त्री भारतिय मुलका रृषी सुनक छन, उनी हिन्दु हुन तर युकेमा कसैलाई केही समस्या छैन तर यदि कुनै संयोगले कुनै नेपालमा एक दिन एकजना कृश्चियन प्रधानमन्त्री भयो भने नेपालमा आगो लाग्छ। रृषी सुनके ले बंगालदेशकी पुर्ब प्रधानमन्त्रीलाई शेख हसिनालाई भेट्द उनको अगाडी घुडा टेकेका थिए , बंगलादेश जस्तो गरिब त्यो पनि मुस्लिमको अगाडी युके जस्तो शक्तिशाली देशको प्रधानमन्त्रीले घुडाँ टेक्ने? यदी हाम्रो नेपालको प्रधानमन्त्रीले कसै संग यसरी झुकेर कुरा गर्यो भने त्यो प्रधानमन्त्रीको त्यतिकैमा पद चैट हुन्छ ?

भारतका कट्टर हिन्दुबादी प्रधानमन्त्री नरेन्द्र मोदी पनी बिभिन्न मस्जिदमा गएर उनीहरुको कार्यक्रमा सहभागी भएर हार्दिकता देखाउछन तर त्यहा कुनै बिरोध हुदैन, नेपालमा भन्दा कैयौ गुना हिन्दु भारतमा छन। तर नेपालमा प्रधानमन्त्री वा कुनै मन्त्री कुनै कृश्चियनको कार्यक्रमा गयो भने के हुन्छ भन्ने कुरा भुपु प्रधानमन्त्री केपी शर्मा ओली र सुदन किराँतीलाई हेर्दा हुन्छ। । हामी कुन दुनियाँमा छौ? हाम्रो सोच कहाँ छ? राजनितिक पार्टीले हामीलाई यस्तो स्कुलको बंदर बनाईदिएकी जे गर्दा पनि बिरोध गर्नु पर्ने, चाहे त्यो राम्रो होस या खराब,बिरोध गर्नु त हाम्रो रगतमै छ। सुन्दा नराम्रो लाग्न सक्छ तर यदि युरोप र अमेरीकाले कृश्चियन धर्म स्विकार गरे भिषा दिन्छौ मात्र भन्दिए भने ३ महिनामा नेपाल खाली हुन्छ।

नेपालमा कृश्चियनहरुको संख्या बढनुमा दुई कारण छन,एक प्रलोभन र अर्को अपमान।

जब आफ्नो स्वार्थको कुरा आउछ मानिसले न जात हेर्छ न धर्म। आफु र आफ्ना सन्तान चै युरोप अमेरीकामा बसेर नेपालमा हिन्दु राज्य हुनुपर्छ, कृश्चियनहरुलाई नेपालबाट खेदाउनु पर्छ भन्ने पटमुर्ख देखेर दया लागेर आउछ।धर्म र जातको आधारमा समाज बिखन्डन हुनुहदैन। धर्म एक नशा हो, धर्मले शान्ति भन्दा बढी अशान्ती ल्याउछ र ल्याएको ईतिहास छ।त्यसै हामी सबै अलि बिबेकी र संयतित भएर समाजमा अघि बढनु पर्छ। देश कुनै धर्मले होईन, संबिधानले चल्नुपर्छ। धर्म संरक्षण गर्ने र लोप हुन नदिने हो भने, कसैको अपमान गरेर होईन, सबैको सम्मान गरेर अघि बढनु पर्छ। नत्र कसैले कतै उभिएर दुई शब्द कृश्चियनको बारेमा बोल्दिएमा पनि यसरी नै मनमा ढ्याङ्ग्रो ठटिने क्रम निरन्तर जारी रहेनछ।

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया