क्रिसमससँग जोडिएका यशु ! 

इनेप्लिज २०८० पुष ९ गते १३:५९ मा प्रकाशित

यशु/ यशुआ ख्रीष्ट प्रथम शताब्दीका यहूदी धर्म प्रचारक र धार्मिक नेता थिए। उनी इसाई धर्मको केन्द्रीय व्यक्तित्वको रुपमा चिनिन्छ र मानिन्छन् ।

यशू एक ग्यालिलियन यहूदी थिए तर उनले खतना गराएका थिए भनिन्छ । खतना गराएको कारण उनी मुस्लिम वंशका थिए भन्ने बुझिन्छ ।उनले जोह्याले बप्तिस्मा लिएका थिए भनिन्छ र आफ्नै सेवकाई सुरु गरे भनिएको छ।

उनलाई प्रायः ” रब्बी ” भनेर चिनिन्थ्यो । यशूले आफ्ना साथी यहूदीहरूसँग दु: ख कष्ट र गरीबीको हल कसरी गर्ने ? मानिसलाई रोगबाट मुक्त कसरी गर्ने ? भन्ने विषयमा सिकाउँथे । उनले जे कुरामा बहस,छलफल गराए त्यो कुरालाई यहूदी अधिकारीहरूले राष्ट्र र धर्म विरोधी कार्य गरेको भनेर यशुलाई गिरफ्तार गरी मुद्दा चलाए र जेरुसेलमको रोमी सरकारलाई सुम्पिए ।

जेरुसेलमका रोमी प्रिफेक्ट पोन्टियस पिलाटको आदेशमा उनलाई क्रुसमा टाँगियो ।क्रसमा टाँगेको केही दिनपछि उनको अर्ध मृत अवस्थाको शरीर नै बेपत्ता भयो। अनुयायीहरूले अर्थमृत अवस्थाको यशुको शरीरको अवस्थाको बारेमा बोलेनन् । राज्यका प्रतिनिधिहरूले क्रसमा टाँगिएको कारण मृत्यु भएको भन्ने प्रचारप्रसार गरे ।

उनी सानो हुँदै सिल्क रोड हुँदै भारत आएर पाँच,सात वर्ष बसेका र कृष्ण नीतिसँग प्रभावित भएको,आफ्नो देश फर्केको र ” रब्बी” नामबाटै दु:ख,कष्ट,गरीबीबाट उम्कने उपायको बारेमा पुनः प्रचारप्रसार गर्न थाले भनी केही अध्ययताले भनेका छन् ।यसरी विदेशी व्यक्तिबाट प्रभावित भएर यहुदी धर्म विरुद्ध कार्य गरेको अपराधमा उनलाई क्रसमा टाँगिएको भनिएको छ।

क्रसमा टाँसिएको अवस्थामै( अर्ध चेतन अवस्थाबाट) विउँतिए र गोप्य तरीकाले भारतको कश्मिरसम्म आइपुगेका थिए भन्ने कुरा इतिहासविदहरूको तर्क पनि छ। साथै कृष्णको प्रभावसँग भावनात्मक रुपमा जोडिएका यशुले कृष्ण नीतिलाई नै उच्चारणमा समस्या भएकोले क्रिष्चियनिटी भन्न थालेको पनि भनिएको भेटिन्छ ।

उनका अनुयायीहरूले मरेको लास नभेटेपछि बौरीएको विश्वास गरे र उनले प्रचारप्रसार गरेका कुराहरूलाई संस्थागत गर्न थाले । यशुलाई सम्झने क्रममा प्राथना गर्ने चलन चल्दै जाँदा चर्चको विकास भयो । विस्तारै अन्य धर्मका समर्थनहरुले पनि यशुलाई सम्मान गर्न थाले ।

यस्तो अर्थ चेतन अवस्थाको यशुको उनका केही अनुयायीहरुले शरीर उठाएर लगे र उपचार गरे । उपचार गर्दै पुन : शिल्क रोडको बाटो हुँदै पुनः भारतको कश्मिरमा बसोबास गरेको, निकै लामो समयसम्म स्वास्थ भएर बाँचेको प्रसङ्ग पनि केहि अध्ययताहरुले राखेको भेटिन्छ ।

इस्लाम धर्ममा,यशू (प्रायः उनको कुरानिक नाम इसा द्वारा चिनिन्छ ) ईश्वरको अन्तिम अगमवक्ता र मसीह मानिन्छ। यो विचारसँग मुस्लिम धर्म अनुयायीले पनि विश्वास गर्छन्/ गरेका छन् भनिन्छ ।

यशू कुमारी मरियम (इस्लाममा सम्मानित अर्को व्यक्ति) बाट जन्मिएका व्यक्ति थिए । उनको जन्मलाई इश्वरीय अवतरण/ ईश्वरका पुत्र भनेर कुरानले बताएको भेटिन्छ तर यशूले यस्तो दाबी गरेको भेटिन्न।

बाइबलका अनुसार यशूकी आमा मरियम गालील प्रान्तको नाजरथ गाउँकी बासिन्दा थिइन्। उनले दाऊदका सन्तान जोसेफ नाउँ गरेका सिकर्मीसँग बिहे गरेकी थिइन्। विवाहअघि नै कुमारी छँदा पनि ईश्वरीय प्रभाव / उनीहरूको निकटताले उनी गर्भवती भइन् । त्यो अवस्थालाई लुकाइयो र त्यो जन्मलाई परमेश्‍वरको प्रतापबाट प्रसादको रुपमा पाईएको अवतारको सङ्केतको रुपमा यशुको प्रचार गर्न थालियो। कुमारी अवस्थाको गर्भलाई जोसेफले आफ्नी पत्नीको पेटमा बच्चाको रुपमा इश्वर को रूपमा आएको भनेर लिए।

यस्तो प्रचारले आम नागरिकमा यशुको अलौकिक उत्पत्ति हो भन्ने कुरा प्रचार भयो । आफुले विवाह गर्न लागेकी कन्या गर्भवती भएको कुरा भन्दा धर्मको प्रताप र इश्वरको आगमनको विषयले गर्भमा मेरीको सम्बन्ध र गर्भको विषयले सामाजिक मान्यता सहितको विशेष स्थान पायो । विवाह सकिएपछि, जोसेफले गालील छोडे र यहूदिया प्रान्तको बेथलेहेम भन्ने सहरमा बस्न गए। बेथलेहेममा नै यशूको जन्म भएको मानिन्छ ।

बेथलेहममा यहुदी शासकको अत्याचार बढी रहेको थियोे।यहुदीहरुले यशुको जन्मको विषयलाई नै गैरकानुनी र अवैधानिक मान्थे ।राजा हेरोदको अत्याचारबाट सन्तानलाई जोगाउन जोसेफले शिशुलाई मिश्रतिर भगाए भन्ने पढ्न पाइन्छ । हेरोद चार ईसा पूर्व राजा भएका थिए। यो समयलाई आधार मान्दा यशु ख्रीष्टको जन्म यो सम्भवतः चार ईसा पूर्वमा भएको हुनुपर्छ ।

राजा हेरोदको मृत्यु पछि, जोसेफ पुन बेथलेहेम फर्के र नासरतको गाउँमा बसोबास गर्न थाले भनिएको छ।

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा उनलाई सम्झँदै जन्मदिन मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र अहिले यो दिनलाई लगभग विश्वभर नै सार्वजनिक विदा दिइने गरिएको छ। क्रिसमस देखि १२ दिनको उत्सवसँगै क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।रोममा इसा पूर्व ३५४ मा क्रिसमस डे भनेर मनाइन थालिएको देखिन्छ/ भेटिन्छ ।

मानिसको जन्म र उसको कर्मसँग जोडिएका अनेकौं विक्षणताहरू हुन्छन् । हरेक व्यक्तिको समाजसँग जोडिएका सकारात्मक पक्षहरु महत्त्वपूर्ण हुन्छन् ।यस्तो विशेषता र ऐतिहासिकता जोडिएका व्यक्ति यशुख्रिष्टको जन्मदिनको सबैमा विशेष शुभकामना !

सीता ओझा
२०८०/०९/०९

प्रतिक्रिया