यसरी सामाजिक क्षेत्रमा जोडिन सकिन्छ

इनेप्लिज २०८० पुष ८ गते १६:०० मा प्रकाशित

अमेरिकामा बस्ने धेरै साथीहरू शनिवार आइतबारका दिनलाई आराम गर्ने दिनका रूपमा लिने गर्नु हुन्छ ५ दिन काम २ दिन आराम सही नै होला । हामी भने यो दुइ दिनमा आफूलाई अत्यन्त ब्यस्त बनाउछौं । हिजो मात्रै हामी ३ बजे योमरी कार्यक्रमका लागि ३ बजे होटलमा पुग्नु पर्ने २ बजेदेखि गे न्सभिल मनाससमा अमेरिकाको मूल राजनीतिमा होमिन लाग्नु भएका एड्रिन पोखरेलको निबासमा जानु पर्ने हतारमै थियौ। उहां १० न क्षेत्रबाट अम्रिकी कंग्रेशमा उमेद्वार बन्ने सोचमा हुनुहुदो रहेछ । हाम्रो भेटघाटको क्रममा मैले उहांलाई प्रश्न राखें थे । तपाईलाई नेपाली समाजले सहयोग गर्नु पर्ने आधार के ? किन सहयोग गर्ने भन्दा उहांको उत्तर थियो “ म अमेरिकाको अति संवेदनशील ठाऊमा काम गर्थे त्यसैले म त्यो तपाईहरूको बिशाल परियोजना “ नेपाली अमेरिकन सामुदायिक केन्द्रमा जोडिएको थिइन , त्यसैले त आज तपाईहरूले मेरो निबासमा आमन्त्रण गरें । लामो समय टेक्ससको ह्यूस्टनमा बस्नु भएका एड्रिन पोखरेल बिगत ७ बर्ष देखि भर्जिनियामा रहनु भएको रहेछ ।

नेपाली अमेरिकन सामुदायिक केन्द्रमा जोड्ने मात्रै होइन नेपाली अमेरिकन राजनीतिमा पनि कसरी जोडिन सकिन्छ र अहिलेसम्म निर्बाचित प्रतिनिधिहरूका बारेमा पोखरेल जीसंग घनिभूत छलफल भयो । प्रेम पौडेल , गणेश शिवाकोटी सुशीला शिबाकोटी र एड्रिन पोखरेल र उहांको परिबारका साथमा भएको मिटिंगले सार्थक परिणाम निकाल्यो । पोखरेल परिबार न्याकको ट्रष्टी बन्नु भयो र भन्नु भयो म जस्ता अरू पनि धेरै साथीहरु यहां हुनुहुन्छ म उहाहरुलाई पनि यो अभियानमा जोड्ने छु । उक्त भेटघाट पछि हामी योमरी कार्यक्रम भएको ठाऊमा पुग्दा धेरै साथीहरुले हाम्रो ढिलो प्रबेशलाई आखाको भाकामा आवाज बिहिन प्रश्न गर्नु भएको थियो , ती प्रश्नका उत्तर मैले मेरो डिभाइसमा खिचेको फोटा देखाएर उत्तर दिएं , त्यस मध्ये इन्द्र श्रेष्ट एड्रिन न्याकको सदस्य बन्नु भएकोमा अत्यन्त खुशी हुनु भयो भने उहाहरूलाई सम्मान र स्वागत स्वरूप प्रेम पौडेलले लेखेको स्टाटसमा सामाजिक अभियन्ता सन्तोष प्रसाईले प्रेमजीको स्टाटस प्रतिक्रियामा उहां जस्तै अरू ५ परिबार न्याकको ट्रस्टी बन्न सक्ने हुनु हुन्छ भने लेख्नु भयो । सबै मित्र प्रति हार्दिक आभार ।

हामी कार्यक्रमको वीच तिर आए पनि हाम्रो ध्यान कोही नयां साथीहरु पो हुनु हुन्छ कि कतै उहाहरुलाई न्याकमा जोड्नका लागि कसैले प्रस्ताव पो गरेको छैन कि भन्ने मै हुन्छ । प्रेमजी होटलको लबीमा स्टाटस लेख्दै गणेशजी , मेदिनीजी डोवाजी अर्का हाउस अफ डेलिगेट मिसालसंग कुरा गर्दै थियौ , त्यही समय मित्र चन्द्र लामा आउनु भयो र भन्नु भयो “ दाइहरू न्याकका नयां सदस्यहरूको नाम घोषणा गर्ने कार्यक्रम छ है” हामी जुरूक्क उठेर गयौ। प्रेमजीले एड्रिन पोखरेल को ट्रस्टी को घोषणा को साथै भरखरै न्यूयोर्कबाट आउनु भएका न्याकमा जोडिनु भएका देवेन्द्र जी र उहांको परिबारलाई परिचय गराउनु भयो । यहां पोष्ट गरिएको एउटा तस्बीरमा उहां देखाउदै हुनुहुन्छ । अर्को बर्षको योमरी लगायत तमाम कार्यक्रम हाम्रै भवनमा हुदैछ । यसरी हरेक पल पल हामी हाम्रो समुदायका खातिर समय खर्चेका छौ । अन्त्यमा म मेरा सामाजिक सन्जालमा जोडिनु भएका मित्रहरूलाई यो बिनम्र अनुरोध गर्दछु कि कुनै पनि सार्बजनिक कार्यक्रममा कसैलाई बाधा नपर्ने गरी एकान्तमा बसेर न्यकका बारेमा कुरा गरौ , कसरी अमेरिकी राजनीतिमा जोडिन सकिन्छ त्यसकै बारेमा कुरा गरौ , कतै झुक्किएर , नसाको कारण पनि कसै प्रति नकारात्मक कुरा नगरौ , यो समाज यति साघुरो छ कि तपाईले कतै कसैसंग केही कुरा गर्नु भयो कि त्यो बिषय सरोकारवालाको कानमा पुग्न सक्छ । अझ मेरै बारेमा भन्नु पर्दा म भर्जिनियामा १९ बर्ष देखि यही छु मेरा दुइ छोरी तिरका आफन्त छोरा तर्फका नयां जोडिनु भएका आफन्तहरू यत्र तत्र हुनुहुन्छ । एन इ सि सि , एन एन सि सि , आइ एन एल एस , ए एन एच एस , जीवन विज्ञान, एभरेष्ट फेडेरल क्रेडिट युनियन, एन आर एन लगायत दर्जनौ सस्थामा म संबद्द भएकै कारण धेरै साथीहरूसंग जोडिएको छु संपर्कमा छु त्यसैले पनि सबै बिषयमा अलिक बढी जानकार छु , मेरो जीवनको सबै भन्दा ठूलो संपति यही नै हो । मैले गरिरहेका सबै काम सबैलाई मन नपर्न पनि सक्छ तर म कसैलाई कुभलो चिताएर काम गर्दिन म आफूलाई मैन बत्ती बनाउन कोंसिस गरेको छु । जो आफू जलेर दुनियालाई उज्यालो दिइरहन्छ ।

परशुराम भण्डारीको फेशबुक बाट (उहां नेपाली अमेरिकन सामुदायिक केन्द्रका बोर्ड अफ ट्रस्टी सदस्य, एन आर एन का अभियन्ता हुनुहुन्छ)

प्रतिक्रिया