प्यारी प्रभाको ज्यान बचाउन सहयोगको आव्हान

इनेप्लिज २०८० पुष ७ गते १६:०५ मा प्रकाशित

प्रभा तिम्रो पूर्ण र शिघ्र स्वास्थ्यलाभको कामना गर्दै विश्वभरबाट कोमल–दयालु मनहरु प्रार्थना गरिरहनु भएको छ । भगवानले हामी सबैले एकै स्वरमा गरेको बन्दना सुन्नु हुनेछ । एउटी आमा,शिक्षिका,गृहीणी,श्रीमति,समाजसेवी, दिदी,बहिनी,छोरी,साथीलगायत दर्जनौं भूमिका निर्वाह गरिरहेकी तिमी एक जिम्मेवार नेपालको नागरिक हौ । यी सबै नाता र सम्बन्ध अनि कोणबाट पूर्ण र शिघ्र स्वास्थ्यलाभको कामना भइरहेको छ । यी सबै सम्बन्धहरुबाट अनुबन्धित छौ तिमी । तिमी चाँडै निको भएर सामान्य जीवनमा फर्किने विश्वास छ हामी सबैमा ।

प्रभाको स्वास्थ्योपचारका विभिन्न चरण पार भइरहेका छन । क्यान्सरको निकै माथिल्लो चरणमा पुगेकोे भए पनि रोगलाई जित्न सक्ने हिम्मत तिमीसँग छ भन्ने हामी सबैका विश्वास छ । हामी बाहिरबाट प्रयास गरिरहेका छोैं । तर जबसम्म तिम्रो आत्मबल मजबूद हुन्छ तब तिम्रो उपचार संभव हुन्छ, र नै सामान्य जीवनमा फर्किन संभव हुन्छ ।

तिमी यति बेला दोहोरो तनाबमा छौ त्यो हामीलाई थाहा छ । एकातिर मेरुदण्डसँगैको हड्डीको अप्रेशन तुरुन्तै गर्नु पर्र्ने छ । रोग र उपचारको कडा विधि(किमोथेरापी–रेडिएशन आदि) को कारण शरीरले अत्यन्त पीडा सहनु परेको छ भने अर्को तर्फ विदेशको ठाउँमा तत्काल २५ लाख रुपैया लिएर जानु छ । एउटी नेपालकी शिक्षिकासँग यति धेरै पैसा कसरी जुट्न सक्छ । तर नडराउ प्रभा– ती तिम्रा मुनाजस्ता बाल त्रच्चा,आमा बुबा श्रीमानलगायत तिम्रा शुभचिन्तकको प्रार्थना अनुसार संसारभरबाट सहयोग जुटीरहेको छ । यति बेला सबैले तिम्रोलागि यथासक्य जोरजाम गर्दैछन । चाँडैनै आबश्यक रकम जुट्ने छ । तिम्रो उपचार हुने छ । तिमी चाँडै निको हुने छौ ।

–अमेरिका बस्ने तिम्रा आफन्त शुभचिन्तकहरु तपाई हाम्रै चेली हुन यी प्रभा । यिनको जीवन रक्षाका लागि सकेको सहयोग गरिदिनु हुन इनेप्लिज परिवार हार्दिक अपिल गर्दछ । गोफण्ड मी को तलको लिंकमा क्लिक गरेर सहयोग गरि दिनुहोला ।

https://www.gofundme.com/f/please-save-prabha-from-cancer?utm_campaign=m_pd+share-sheet&utm_medium=copy_link_all&utm_source=customer

प्रतिक्रिया