डा. विकास शाक्यको अध्यक्षतामा एनसीएनसीको कार्यसमिति गठन

इनेप्लिज २०८० पुष ३ गते ३:१५ मा प्रकाशित

कृष्णराज खनाल

राले, अमेरिका । डा. विकास शाक्यको अध्यक्षतामा नर्थ क्यारोलिनास्थित नेपालीहरुको जेठो संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एनसीएनसी) को नयाँ कार्यसमिति गठन भएको छ । डा.शाक्यले आफ्ना प्रतिद्धन्द्धी डा. चिरञ्जीवी भट्टराईलाई एकसय १४ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।

निर्वाचन आयोगका अनुसार, नवगठित कार्यसमितिको महासचिवमा कल्पना भण्डारी निर्वाचित भएकी छन् भने वरिष्ठ उपाध्यक्षमा ददिन्द्र पाण्डे र उपाध्यक्षमा नारायण लुइँटेल विजयी भए । पाण्डे र लुइँटेलले क्रमशः कुलानन्द शर्मा र रचना सुवेदीलाई पराजित गरेका थिए । यस अघि डा. भोज गौतम सहसचिवमा र ईश्वर ढकाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । समितिका विजयी सदस्यहरुमा प्रियांशु नेपाल, रमेश ओली, निभिता शर्मा, तीलाकुमारी धमला, र कालिदास भण्डारी रहेका छन् ।

एकहजार २४ मतदाता रहेको एनसीएनसीको निर्वाचन डिसेम्वर १७ आइतवार साँझ सम्पन्न भएको थियो । प्रतिकुल मौसमका वाबजुद पनि सो निर्वाचनमा ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

डा. शाक्य र भट्टराईले आआफ्नो प्यानल खडा गरेर उम्मेदवारी दिएका थिए ।

विजयी भएपछि यस समाचारदातासँग कुरा गर्र्दै डा. शाक्यले नर्थ क्यारोलिनाका मतदाताहरुले समाज परिवर्तनको चाहना राखेको, विषय विज्ञता खोजेको र समाज बढी परिपक्क हुँदै गएको कारण आफ्नो प्यानलले जितेको दावी गर्नुभयो । उहाँले मतदाताहरुले राजनीतिक भन्दा पनि अनुभवी, कार्यदक्षता, क्षमता र व्यावसायिक मानिसहरु आउन् भन्ने चाहना रहेको पाइएको जनाउँदै उहाँले विवेक प्रयोग गर्ने सबै मतदातालाई धन्यवाद दिँदै हिजोको प्रतिस्पर्धा सकिएको र आगामी दिनमा सबैलाई समेटेर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया