हार्दिक बधाई एबम अपेक्षा :प्रसङ्ग नेपाली समाज टेक्ससको निर्वाचन : डा नन्द रेग्मी

इनेप्लिज २०८० पुष १ गते १८:०५ मा प्रकाशित

हिजो डिसेम्बर १६, २०२३ मा सम्पन्न भएको नेपाली समाज टेक्सासको चुनाबी प्रतिस्पर्धामा सहभागी सबै प्रति आभार प्रकट गर्दै अध्यक्षका बिजयी उम्मेदबार राजेन्द्र वाग्ले सहित अन्य उम्मेदबारहरुलाई हार्दिक बधाई भन्न चाहन्छु। उपविजेता उम्मेदबारहरुको पनि आफ्नो समाज सेवा गर्ने उत्कृस्ट चाहनामा कमि नआओस भन्ने आशा राख्दछु।

नेपाली समाज टेक्सास (एन एस टी) को ठुलो क्षेत्र जनाउने सस्थागत नाम भए पनि, एन एस टि डी एफ डब्लु मेट्रोप्लेक्स वरिपरि नै केन्द्रित सामाजिक सस्था हो। डी एफ डब्लु क्षेत्र आप्रबाशि नेपाली अमेरिकन दाजुभाई तथा दिदिबहिनिहरुको घना बसोबास भएको स्थान पनि हो। यस दृस्टीकोणले एन एस टी यो क्षेत्रमा चर्चित रहनु पनि स्वभाविकै हो। यद्दपी ६० – ७० हजार आप्रबासी नेपाली अमेरिकन बसोबास गर्ने अनुमान गरिएको क्षेत्रमा पच्चीस सय जति अमेरिकन नेपाली दाजुभाई दिदिबहिनिहरुले चासो राखी सस्थाको सदस्यता (हाराहारी ४% ) लिएको र लगभग पन्ध्र सय (लगभग २-३%) ले निर्बाचनमा सहभागीता राखेको देखिन्छ। किन्तु सामाजिक सस्थाको ओज र कार्यक्रम तर्जुमा तथा सफलता भने उसको सदस्य संख्यामा आधारित हुने गर्दछ। यसकै र अरु केहि थप आधारमा नै सरकारी निकायले विश्वास गर्ने र सहायोग गर्ने गर्दछन। अपितु, अमेरिकाको व्यस्त जीबनमा समाज सेवाको भावलाई आफ्नो कर्तब्य सम्झी यति जागरुक र संगठित हुनु पनि निकै सह्राहनीय कार्य हो। साथै, सस्थाको सेवा प्रबाहको क्षेत्र पनि निकै नै फराकिलो भै सकेको छ र धेरै व्यक्ति सेवित पनि भै सकेका छन्।

२५ बर्ष पुरानो सस्था भएबाट नेपाली समाज टेक्सासले यस क्षेत्रमा पुराउदै आएको अनेकौ सामाजिक सेवा उल्लेखनीय तथा सह्रानीय रहेको छ। थुप्रै नियमित तथा भैपरि आउने आकस्मिक सामाजिक सेवाहरुको लिस्ट निकै लामो छ। यस मध्येको एक रक्तदान सेवामा नेपाली समाज टेक्सासको रहदै आएको सहयोग र भबिस्यको अपेक्षा बारे छोटो चर्चा गर्नु सान्दर्भिक लागेको छ।

सन् २०१२ को जुनमा भएको एएनएको रास्ट्रिय सम्मेलनबाट यस क्षेत्रमा ब्लोड डोनर्स अफ अमेरिका (बिडीए) ले नेपाली समाज टेक्सास, इन्द्रेणी सास्कृतिक संघ लगायत अन्य सस्थाहरुको सहयोगमा पहिलो पटक सस्थागत रक्तदान सेवा शुरु गरेको थियो। त्यस यताका ११ बर्षहरुमा नेपाली समाज टेक्सासको सदैब सक्रिय ऎक्कैबद्दता, सहभागिता, सहयोग रहदै आएको छ। सन् २०१६ को मे मा भएको बिडिएको प्रथम रास्ट्रिय सम्मेलनमा नेपाली समाज टेक्सास, इन्द्रेणी सास्कृतिक संघ, एन आर एन ए, नेपाली सास्कृतिक तथा आध्यात्मिक केन्द्र, अन्तराष्ट्रिय नेपाली साहित्य समाज लगायत स्थानीय सस्थाहरुको सक्रिय सहभागिता, सहयोग बिसेष उल्लेखनीय रुपमा दर्ज नै छ। यिनै सस्थाहरुको सहयोगले नै बिडिएले ठुला ठुला रक्तदान सेवाहरु सफलता पुर्बक सम्पन्न गदै ऎइतिहासिक कृतिमानी कायम गरेको छ, संयुक्त राज्यअमेरिकाका आधा भन्दा बढी राज्यहरुमा फैलिदै रक्तदान सेवामा अभुतपुर्व जागरण, सेवाभाव प्रबाह गर्नुका साथै हजारौको स्वास्थ तथा जीबनमा प्रत्यक्ष सारथी बनेको छ, आशाको केन्द्र बनेको छ। यसैले नै आज ब्लड बैंक, हस्पिटलमा रगत अबाभ खट्किदा बिडिएको सहयोग खोजी भै रक्तदान शिबिर राखिदिन अनुरोध हुने गर्दछन।

रक्तदानबाट रगत प्राप्त गर्नेको जीबन बाँच्न सहयोग पुग्ने मात्र नभै दाताको लागि पनि प्रत्यक्ष स्वास्थ फायदा हुने बिज्ञान बुझाउन सके धेरै भन्दा धेरै दाताहरुले यसबाट लाभ लिने छन्। यसको निम्ति स्वास्थ बिमा नचाहिने भएबाट हाम्रो समाजमा रक्तदान सेवा अपरिहार्यको रुपमा अगाडी लैजानु पर्ने छ। रक्तदान कै माध्यमबाट समाज चिनिने, आपसमा जोडिने, साथै आप्रबासी नेपाली अमेरिकनहरुलाई आदिबाशी अमेरिकनसंग आदर्श र बिस्वसिलो परिचय गराउने तथा सरकारी निकाएसंग जोड्ने जस्ता अनेकौ अप्रत्यक्ष सामाजिक लाभहरु जोडिएका छन्। भर्खर मात्र बिडिए कै संयोजनमा नेपाली समाज टेक्सासको २५ औ स्थापना दिवसमा सिटि अफ युलेससंग सहकार्य गरी रक्तदान शिबिर सम्पन्न पनि भएको छ।

बिडिएको प्रथम रास्ट्रिय सम्मेलनमा नेपाली समाज टेक्सास लगायतका सस्थाहरुको दृण सहयोगको आलोकमा नै आज बिडिएले अमेरिकाब्यापी समाज जोड्दै चौथो रास्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको छ। आज सम्म सबैभन्दा धेरै रक्तदान गर्ने तथा गिनिज बुक अभिलेखित आदरणीय स्वर्गीय जोहन डब्लु शेप्पर्डको विश्वास जित्दै, अमेरिकी पुर्ब रास्ट्रपति जिमी कार्टर फाउनड़ेशनसंग परिचय बनाएको छ। अर्थात् कुनै दिन यसले अमेरिकामा नेपाली अमेरिकन या नेपाल कै परिचय पनि दानबिर सन्तानका हिसाबले छोड्न सक्ने छ।

यस्तो महान पृष्ठ भूमि तथा भबिस्य मुखी योजनामा नेपाली समाजमा पुन एक पटक निर्बाचनका माध्यमबाट नया कार्य समिति निर्बाचित भएर आएको छ। यस नेतृत्वले समाजको आवस्यकता बुझेर सबैसंग जुटेर हाम्रो समाजलाई अगाडि लैजान सकोस। एक सानो लेखमा समाजको अरु पक्ष बारे चर्चा गर्न सम्भव भएन। किन्तु, समाजको ध्यान सबै पक्षमा पुग्दै हाम्रो आप्रबाशी नेपाली समाजलाई आदर्श, सेवा मुखी, र सहयोगीको पर्याय बनाउन सफल बनोस यहि शुभकामना र अपेक्षा राख्दछु।

डा. नन्द रेग्मी,
वरिष्ठ बैज्ञानिक, बिडिए पुर्ब अध्यक्ष, एन एस टी आजीवन सदस्य
डालस, टेक्सास, संयुक्त राज्य अमेरिका
DrNanda
DrNanda Regmi

प्रतिक्रिया