ओमकारेश्वर गोरक्षधाम र शिव बावाको कल्की अवतार

इनेप्लिज २०८० मंसिर २५ गते २३:१९ मा प्रकाशित

# गोरक्षधामको अपरिहार्यताको बारेमा थोरै जानकारी दिनुस न, हजुर !

बावा गोरखनाथको असिम कृपा प्राप्त गरि गोरखनाथ कल्याण केन्द्र नेपालले भकुन्डेबेसी काभ्रेमा ओमकारेश्वर गोरक्षधाम निर्माण सम्पन्न गरेको छ । बावा गोरखनाथकै दिब्य वाणी अनुसार, उत्पतिका एकादशीका दिन विधिवत रुपमा सदगुरु गोरक्षनाथ (शिव बावाको) कल्की अवतार प्रकट हुने कुरा अबगत गराउन चाहन्छौ । युग परिवर्तनको प्रतिक स्वरुप धुनीबेसी धार्केमा, शिखरकोट पालुंगमा र नेपालथोक कुशेश्वरमा गोरक्षधाम निर्माण सम्पन्न गरेका छौ । गोरक्षधाम धार्केबाट धर्तिको उर्जा प्रवाह हुन्छ, गोरक्षधाम पालुंगबाट वायु उर्जा प्रबाह हुन्छ र गोरक्षधाम कुशेश्वरबाट सौर्य उर्जा प्रबाह हुन्छ । भकुण्डेबेसीमा अबस्थित ओमकारेश्वर गोरक्षधामले चाही सुर्य भन्दा माथि रहेको अबस्थित धुलोकको ब्रह्म-चेतन उर्जा एकत्रित गरि सम्पूर्ण मानबहरुको बुद्दितत्व सुद्धिकरण गर्दछ ! यी शिखर शैलीका शिव-गोरक्ष मन्दिरहरुको अलौकिक उर्जाले सम्पूर्ण मानबहरुको चेतनामा शुद्धिकरण ल्याई विश्व शान्ति स्थापना गर्नेछ। नेपाल राष्ट्र चाही वेदभुमि तथा मानबहरुको उद्गमस्थल भएकोले यहि बाट सबै दैविक उर्जाहरु संचालित हुन्छन। धारामा पानी धमिलो आउदा हामी पानीको मूलश्रोतमा सफा गरेजस्तै विश्व शान्तिको लागि सम्पूर्ण मानबहरुको उदगमस्थल नेपालमा नै दैविक उर्जाहरु शुद्धिकरण गर्नुपर्ने हुन्छ । यहि अपरिहार्यतालाई महसुस गरी यहाँ शिव गोरक्षधाम निर्माण गरेका हौ। पांचखाल आदिश्वरनाथमा अर्धनारेश्वर उर्जा चलायमान छ जहाँ बाट शिव र शिवा (मातृ शक्ति) को थालनी भयो। अनि, राजशक्ति संचालनको लागि गोरखामा शिव-गोरक्ष मन्दिर निर्माण हुदैछ भने सम्पूर्ण दैविक उर्जा संचयगर्नको लागि रुद्राक्षभुमि भोजपुरमा शिव-गोरक्षधामको संकल्प गरेका छौ ।

मन्दिर बनाउन यहि ठाउँ नै किन रोज्नु भयो नि हजुरहरुले ?

सुन्नुहोस, पृथ्बीमा पहिलो पटक ॐ ध्वनि यहि ठाउमा तरंगित भएकोले यहाँ शिखर शैलीको शिव-गोरक्षधाम निर्माण गर्नु परेको हो। अफसोच ! परायाले लेखिदिएको धर्मग्रन्थ र इतिहास पढेकाले नेपालीहरुले नै नेपाल देखेका छैनन् ! यो तपोभूमि, देवभूमि, वेदभुमि, गोरक्षराष्ट्र नेपाल लाई चीन्न सकेका छैनन् । चार धाम यहि छ – मुक्ति क्षेत्र, रुरु क्षेत्र, पाशुपत क्षेत्र र बराह क्षेत्र तर धुर्मुस नेपालीहरु बिज्ञापनको भरमा अन्यन्त्रै दगुर्छन। ६४ वटै शिवलिङ्गहरु यहि हिमवत खण्ड नेपालमा प्रकट भएका हुन् तर बिडम्बना कुनै नेपालीहरुले थाहा पाएका छैनन, दुख लाग्छ नि। महर्षि विश्वमित्रले कुशेश्वर धाममा बसी पबित्र गायत्री मन्त्रको रचना गर्नु भएको थियो, अनि महर्षि बशिष्टले देवघाटमा बसेर महामृत्युञ्जय मन्त्रको रचना गर्नु भएको थियो तर कसैलाई अत्तोपत्तो छैन। स्वाठ नेपालीहरु त्यहि दार्ही पालेका – खरानी घसेका जोगीहरुको पछि लागेर मति भ्रस्ट भएको छ । अनि, यस्तो पबित्र ॐ भुमि कसरी थाहा पाउनु नि। होइन र ?

अबको परीदृश्यमा हुन्छ चाहि के ?

सर्बसाधारण नेपालीहरु अहिलेको भद्रगोल भोगेर आक्रान्त बनेका छन्। वाक्क – दिक्क – ब्याक्क भएका छन् र बावा गोरखनाथलाई पुकार्दै छन्। दिब्य ओमकारेश्वर शिव गोरक्षधामको उर्जाले सबैमा सद्बुद्धि पलाउनेछ। सुन्दर नेपालको परिकल्पना गर्ने राष्ट्र प्रेमी सपुतहरु – देवत्वहरु एकजुट हुनेछन। पोखराको पुम्दी भुम्दी डाडामा बावा गोरखनाथ साक्षात प्रकट भइ पृथ्वी नारायण शाह लाई ” तिम्रा ११ पुस्ताले शासन गरुन” भनेको कुरा त सकिसक्यो नि। अब, बावा गोरखनाथकै आदेशले सुर्यबंशी राजाको अभ्युदय हुनेछ र पुन: रामराज्यको अनुभूति गर्नेछन सबैले। स्मरण रहोस, सुर्यचन्द्र अंकित झन्डाको अलौकिक उर्जाले मात्र नेपालमा शान्ति र सम्रिद्दी स्थापना हुनेछ। फेरी भन्दैछु – सुर्य माथि भएको झन्डा है तन्त्र नबिग्रिएको झन्डा क्या।

अनि यस्तो पबित्र कार्यलाई सरकारले केहि सहयोग गर्यो कि?

हा हा हा ! ए हजुर सरकार छ र ? उही मैथिली भाषाको उखान “जियईछी न मरैछी, हुकुर्हुकुर करईछी” भन्छन नि – मरेको पनि छैन बाचेको के भनौ फुस्स सास जान लागेको जस्तो क्या । हौ यस्तो ढुकढुकी मात्र बाकी भाको सरकार संग के पो आस गर्नु छ र, कि कसो ? माथि हेर्यो जुघा छ – तल साडी लगाएको जस्तो सरकार संग आश गर्नु नै ब्यर्थ हुन्छ, कि कसो ? निर्दोष नेपालीहरुलाई बिधिको शासन र कानुनी राज्य प्रत्याभूत गराउन नसक्ने, झुपुझुपू उङ्ग्दै बसेको सरकारले दैविक उर्जाका मन्दिरहरुमा काहाँ को चासो राख्नु नि हजुर ! पत्रम – पुष्पम – फलम गरेर गोरख भक्तहरुको सहयोगमा यो दिब्य गोरक्षधाम निर्माण गरेका हौ। सात्विक मनहरु बटुलेर मन्दिर बनाएका हौ।

अघि, युग परिवर्तन को कुरा गर्नु हुदै थियो ! त्यो युग परिवर्तन भनेको चाही के हो नि हजुर?

बावा गोरखनाथको असिम कृपा प्राप्त गरी त्रेतायुग आगमनको प्रतिक स्वरुप ३ ठाउँमा शिव गोरक्षधाम निर्माण गरिएको हो । युग परिबर्तन हुनु भनेको चेतनामा परिबर्तन हुनु हो। प्रकृति, वातावरण र समयमा परिबर्तन हुनु हो। विश्व वास्पिकरण, जलबायु परिवर्तन, प्राकृतिक प्रकोप र धर्मयुद्ध हुनु यसका ज्वलन्त उदाहरणहरु हुन्। किनभने सुर्यको उर्जा १२ किरण बाट बढेर ७२ किरण भएको छ, चन्द्रमाको उर्जा ८ किरण बाट बढेर ३६ किरण भएको छ। शनिग्रहको बाहिरी घेराहरु पनि लोप हुदैछन् । फलस्वरूप पृथ्वीको चुम्बकीय तरङ्गहरुमा उथलपुथल आउदैछ । अब मानिसहरुमा बडो बेचैनी पैदा हुनेछ, नेट इन्टरनेटले पनि काम गर्न सक्ने छैनन्। बिक्रम सम्बत २०७७ साल मङ्सिर उत्पतिका एकादशीका दिन देखि विधिवतरुपमा कलियुग अन्त्य भइ त्रेतायुगको आगमन भैसकेको छ । अहिले भने हामीहरु संक्रमणकालमा छौ। सत्य- त्रेता, द्वापर र कलियुग गरेर युग चार वटा भनिएता पनि कार्यशैली र परिणामको हिसाबले युग ३ वटा मात्र हुन्छन। सत्य युग चाही सोच हो- ब्रह्म चेतन तत्व हो । त्यहि भएर सत्य युगलाई काल गणना भित्र राखिदैन। जसरी, मेष राशी देखि सुर्य घुम्दै गएर फेरी मेष राशी मा प्रवेश गर्न ३५४ दिन लाग्छ र हामी एक वर्ष भन्दछौ। त्यसैगरी, सप्त ऋषि तारा मण्डलले २७ वटै नक्षेत्रलाई एक चक्कर लगाउन २७०० वर्ष लाग्दछ जसलाई हामी एक युग भन्दछौ। यो गणना चाही बिशुद्ध बैदिक ज्योतिष (गोरखनाथ पात्रो ) अनुसार हो नि । कुरो बुझ्नु भो ?

अर्को कुरा – भ्रष्ट आचार, निकृष्ट सोच हुनु – हत्या -हिंसा – अन्याय अत्याचारहरु मौलाउनु नै कलियुगको बिशेषता हो । किनभने कलियुगमा खानपिन पनि तामसी हुन्छ र वातावरणमा पनि तामसी गुण घोलिएको हुन्छ । न हावा शुद्ध न पानी शुद्ध – कोलाहल भित्र रुदैछन बुद्ध भने जस्तै स्थिति देखापरेको छ । यो कुरा त सबैले अनुभूति गरेकै हो नि, कि कसो हजुर। जे होस्, अब हामी त्रेता युगमा प्रवेश गरेका छौ । छिट्टै नै नेपालमा सुर्य बंशी राजाको उदय हुनेछ । बैदिक सनातन धर्मको रक्षा गर्दै समुन्नत गोरख अधिराज्य नेपाल निर्माण गर्नु नै सुर्यबंशी राजाको परम धर्म (कर्तब्य) हुने छ ।

मान्छेहरु जात र धर्मको कुरामा अल्मलिएका छन् – बैदिक सनातन धर्म भनेको चाही के होला नि हजुर ? प्रष्ट पारिदिनुस न।

कर्मको आधारमा मान्छेका ४ जात हुन्छन – ब्राह्मण (बेद ज्ञान सिकाउने / शिक्षा दिने ), क्षेत्री (लडाकु तथा राजकाज चलाउने), वैश्य (ब्यापार /बाणिज्य हेर्ने) र शुद्र (कृषि तथा सेवा कार्य गर्नेहरु) । मान्छे जन्मदै चन्दन र जनै लगाएर जन्मिएको हुदैन। कर्मले ब्राह्मण अथवा शुद्र हुने हो क्या। अफसोच ! इन्डियन हिन्दु परम्परा र पाश्चात्य अज्ञानी लेखकहरुको कारणले गलत ब्याख्या गरिएको हो ।
बेदको अनुशरण गरेर हुर्किएको समाजलाई बैदिक भनिन्छ । सनातन भनेको आदिमकाल हो जसको इतिहास ठम्याउन नै गार्हो पर्छ। मानब सभ्यताको आरम्भ काल मात्र भन्न सक्छौ हामी। अनी, धर्म भनेको चाही “धर्म धारयते इति धर्म ” अर्थात् कुनै पनि व्यक्ति वा बस्तु को प्राकृतिक स्वभाव / गुण हो। जस्तो कि आगोको धर्म उज्यालो दिनु / पोल्नु हो, पानीको धर्म शितलता दिनु / प्यास मेटाउनु हो । पानी पिएर पनि प्यास मेटीदैन भने त्यो पानी नै होइन। त्यसैगरी खुर्सानीको गुण पिरो हुनु र कागतीको गुण अमिलो हुनु हो । अनी, मान्छेको स्वधर्म चाही प्रकृति र बेदको रक्षा गर्नु हो – प्रेम र करुणा बाड्नु हो । देवऋण, ऋषिऋण र पितृऋण (उद्दार गर्नु) तिर्नु हो ।

पुण्यभुमि नेपालको दमौलीमा जन्मनु भएका कृष्ण द्वापयन (महर्षि वेद ब्यास) ले ४ वेद १८ पुराण को रचना गरिदिनुभयो । स्मरण रहोस, सम्पूर्ण साहित्य – धर्मग्रन्थ र बैज्ञानिक अविष्कारहरुको मुख्य श्रोत भनेकै वेद हो। अनी, शिव र शक्तिको उपासना गर्ने, प्रकृति पुजक, बाबा गोरखनाथको ध्यान गर्ने, नवग्रह – नवनाथ र नव मातृ-शक्तिहरुको आराधना गर्नेहरु सबै बैदिक हुन्। शिव लिङ्ग र नाग राजाको पूजा गर्ने , अष्टचिरन्जिबी र सप्तऋषिहरुको सुमिरण गर्ने सबैसबै सनातनीहरु हुन्। योग- ध्यान, ज्योतीष, आयुर्वेद, वास्तुशास्त्र (फ़ेङ्ग्सुइ),जस्ता बैदिक ज्ञानको अनुशरण गर्ने बैदिक कहलिन्छन। अनि सबै धार्मिक सम्प्रदायहरुले यी सबैको पूजा आराधना गर्छन नै गर्छन। पुकार्ने शब्द र गर्ने तरिका मात्र फरक हो । हिन्दु, बौद्ध, इसाई, स्लाम, यहुदी, जैन इत्यादी चाही अस्ति भर्खर देखापरेका धार्मिक सम्प्रदायहरु हुन् – धर्म होइनन । बरु प्रेम र करुणा बाड्नु अनि सम्पूर्ण प्राणी – मानब, बेद र प्रकृतिको रक्षा गर्नु चाही यिनीहरुको पनि मुख्य धर्म (कर्तब्य ) हो । देवत्वहरुले बेद र प्रकृति रक्षा गर्न लागी पर्दछन भने राक्षसहरु चाही नष्ट गर्न उद्दत हुन्छन। बेद र बैदिक संस्कार लाई लत्याउनु भनेको सम्पूर्ण मानब सभ्यता नै संकटमा पर्नु हो। अहिले भाको पनि त्यहि हो । त्यही भएर अहिले संसार भरका मानिसहरु ज्ञानको खोजिमा नेपाल धाउदैछन् । अत: गोरख अधिराज्य नेपाल नै बैदिक सनातन भुमि हो – सम्पूर्ण धार्मिक सम्प्रदायहरुको सुन्दर फुलबारी हो। विश्वको राजमुकुट र अन्तिम गन्तब्य स्थल पनि देवभुमि नेपाल नै हो । सबैलाई चेतना भया ।

अन्त्यमा, यहाँ आउनुहुने भक्तजनहरुलाई के शन्देश दिन चाहानु हुने नि?

यो देवभुमि, वेद भुमि, ऋषि मुनिहरूको तपोभूमि यो शिव- गोरक्ष राष्ट्र लाई चिन्ने प्रयास गर्नुस भन्न चाहन्छु । नेपाललाई देख्ने नेपालीहरु खासै छैनन् भन्दा पनि हुन्छ । नेपालीहरुले नेपाल नचिनेको कारणले नै नेपालीहरुले दु:ख पाएका हुन्। “यदा यदा हि धर्मस्य ग्लानिर्भवती भारत ” भन्ने भगवान कृष्णको अमृत वाणी झैँ, बेद को रक्षा गरी पुन : विश्वमा शान्ति स्थापना गर्नको खातिर बावा गोरखनाथको कल्की अवतार यहि पुण्य भुमि नेपालमा हुदैछ । अर्को महत्व पूर्ण कुरा, पबित्र कैलाश पर्बतबाट प्रकट भएका ४ वटा नदीहरु – ब्रह्मपुत्र, कर्णाली सतलज र इन्दु नदीहरुले बनाएको भौगोलिक सिमाना नै गोरख अधिराज्य नेपाल अर्थात् भारत भुमि भन्ने सम्झनुहोस। नेपाल भुमिको इतिहास अति प्राचीनतम भएकोले र विभिन्न कालखण्डमा दैविक उर्जा प्रकट भएकोले पनि नेपाललाई धेरै नामहरुले पुकारिन्छ । जस्तो कि – सत्यवती, मुक्तिदायिनी, मुक्ति सोपान, शैवभुमी, हिमवत खण्ड, बैकुण्ठधाम (मुक्ति क्षेत्र – पाशुपत क्षेत्र), किरात राज्य, गोर्खा साम्राज्य, अयोध्या (युद्ध नहुने भुमि), तन्त्र भुमि, तपोभूमि, सिद्ध भुमि, देव भुमि, वेद भुमि, भारत भुमि आदि इत्यादी । प्राचिन नेपालका चक्रवर्ती राजा भरतको भुमि भएकोले पनि नेपाललाई ‘भारत ‘ भनिएको हो र हालको इन्डियालाई भारत खण्ड अर्थात् भरत राजाको उपनिबेश भनिएको हो । अझ, संस्कृतमा ‘भा ‘ भनेको ज्ञान र ‘रत ‘ भनेको ज्योति / लिप्त हुनु भन्ने अर्थ हुन्छ । ४ वेद १८ पुराणनै यहि पबित्र भुमिमा रचना भएकोले नेपाललाई वेदभुमि अर्थार्त ‘भारत’ भनिएको हो । स्मरण रहोस, भरत राजाले हालको चितवनलाई राजधानी बनाएर पुरै भारत वर्षलाई शासन गर्नु भएको थियो। पूजा हवनमा गरिने संकल्प मन्त्रमा पनि “जम्बु दिपे भारत बर्षे (प्राचिन नेपाल ) भारत खण्डे (हाल को इन्डिया ) आर्योवत् अन्तर्गत ब्रह्मावर्तैक देशे हिमवत पर्वतैकने पालाख्य देशे गोरक्ष राज्य गङ्गा देब्या: उत्तर कोणे गण्डकी कौशिकी प्रदेशे श्रीमदबिष्णु प्रजापति क्षेत्रे, पाशुपत मुक्तिक्षेत्रे ” इत्यादी भनेर संकल्प गरिन्छ। यो कुरा बाट पनि संपुर्ण तन्त्र – मन्त्र र बेद ज्ञान नेपाल भुमिबाट सुरुवात भएको हो भन्ने कुरा प्रष्टै थाहा हुन्छ नि। होइन र?

नमोस्तुते ब्यास बिशाल बुद्धे फ़ुल्लार बिन्दायत पत्र नेत्र
यन त्वया भारत तैल्यापूर्ण: प्रज्वोलितो ज्ञानमय प्रदीप:

श्री स्वस्थानी ब्रत कथाको यो श्लोकले अनि भगवान राम र कृष्णको अमृत वाणी सुन्यो भने पनि भारत भनेकै पुण्य नेपाल भुमि हो भन्ने कुरा स्पस्ट थाहा हुन्छ । अफसोच ! बिदेशी लेखकहरुको किताब पढाइएकोले, स्वार्थपूर्ण राजनीति (लाजनिती) को कारणले मानिसहरुलाई यथार्त कुरा थाहा नभएको हो। त्येसैले अब आखा खोल्नुस सबैले ! गो र ख ना थ छापिएको मुद्रा चलाउने अनि वहालाइ नै नचिन्ने कुरा चाही पशु समान हुन्छ हजुर । नेपाल लाई चिन्ने कोशिस गर्नुस। प्राकृतिक श्रोत साधनमा अत्यन्तै धनी राष्ट्र आज कुबेरले धनको पोको माथि बसेर भिख मागे जस्तो स्तिथि सिर्जना भएको छ। वेद भुमिमा ज्ञानको अभाव खड्किएको छ । बत्ति मुनिको अध्यारो भएको छ । सार्है चित्त दुख्छ। भाबी सन्ततिहरुलाई सुन्दर नेपाल हस्तान्तरण गर्नु छ हामीले । बैदिक शिक्षा र सभ्य संस्कार सिकाउनु पर्ने छ ! हामी सबै मिलेर बैदिक सनातन धर्मको रक्षा गर्नु हाम्रो परम धर्म / कर्तब्य हो।

संस्कार हराए संस्कृति हराउछ / संस्कृति हराए पहिचान हराउछ
अनि पहिचान हरायो भने स्वत राष्ट्र हराउछ – सबैलाई हेक्का होस्।

अन्त्यमा,
धन मात्र भएर यो मनमा आनन्द मिल्दैन नि ,,
बाचुन्जेल गर्नु तेरो मेरो जिन्दगी ब्यर्थ छ नि
मृत्यु पछि संगै जाने भन्या मात्र दुइ वटा कुरा
स्वधर्म अनि सत्कर्मले मात्र हुन्छ – सपना पुरा

हरि ॐ तत् सत् ! जय गोरख !

प्रतिक्रिया