गाजामा ३ वटा इन्धन गाडी सहित आइतवार १०० वटा राहत सामग्री बोकेका गाडीहरु भित्रिएको प्यालेस्टाइनी नियोगले जनाएको छ ।
प्यालेस्टिनी नाका नियोगले प्रकाशित गरेको विज्ञप्ति अनुसार मानवीय सहायता बोकेका १०० मालबाहक गाडी (ट्रक)हरुले आइतबार इजिप्टबाट रफाह नाका हुँदै गाजा प्रवेश गरेको छ ।
३ वटा गाडीमा १ लाख २९ हजार लिटर इन्धन र दुई वटा मालबाहक गाडीमा खाना पकाउने ग्यास(इन्धन) रहेको आइतबारको विज्ञप्तिमा उल्लेख छ ।
आइतबार गाजा भूभागबाट कुल ५१३ जना बाहिरिएका छन् । जस मध्ये ४६८ विदेशी र २५ जना घाइते प्यालेस्टाइनी र २० जना सहयोगीहरु रहेका छन ।
द्वन्द्व अघि संयुक्त राष्ट्र संघले प्रतिदिन औसत ४५५ गाडीले सहायता सामग्री पुर्याएको बताएको थियो।
प्रतिक्रिया