प्रकाश सपुत र डिबी खड्काको शब्दमा ‘पर-पर छु २ : खुले कुरा गरौं’

इनेप्लिज २०८० मंसिर २३ गते ११:२० मा प्रकाशित

काठमाडौं- चर्चित गायक प्रकाश सपुतको नयाँगीत सार्वजनिक भएको छ। समाजमा रहेका कुचलनबिरुद्ध कला मार्फत सचेतना जगाउँदै आएका गायक तथा कलाकार प्रकाशले महिनावारीको समयमा हुने विभेदलाई लिएर नयाँगीत ल्याएका हुन्।

शु्क्रशु् बार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको ‘पर-पर छु २ : खुले कुरा गरौं’ बोलको यो गीत देशका विभिन्न भुभागमा रहेको महिनावारीबारे भ्रम र सुदूरदूपश्चिममा व्याप्त छाउपडी प्रथाबिरूद्ध चेतना जगाउन तयार पारिएको हो।

सपुतले गीत सिर्जनामा पत्रकार डिबी खड्कासँग सहकार्य गरेका छन्। सपुत र खड्काले संयुक्त रुपमा लेखेको गीतमा प्रकाश सँगै तुलसी बोहरा, रेखा जोशी र सुनिता बुढा क्षेत्रीले स्वर भरेका छन्।

सुनिल विकले निर्देशन गरेको भिडियोको अवधारणा प्रकाशकै रहेको छ। भिडियोमा अभिनेत्री केकी अधिकारी, सेविता अधिकारी, रेखा जोशी र प्रकाश आफैंले अभिनय गरेका छन्।

प्रतिक्रिया