एफडिएद्वारा सिकल कोष रोगको ऐतिहासिक वंशाणु -सम्पादन उपचारलाई अनुमति

इनेप्लिज २०८० मंसिर २३ गते २:१२ मा प्रकाशित

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले सिकल कोष रोगको ऐतिहासिक वंशाणु जीन-सम्पादन उपचारलाई स्वीकृत दिएको छ । एफडिएले शुक्रबार वंशाणु (जीन)सम्पादन उपचारलाई अनुमति प्रदान गरेको हो ।

सिकल सेल डिजिज अर्थात् कोष रोग एक पीडादायी अवस्थाको रोग हो जसले संयुक्त राज्यमा लगभग १,०० ,००० मानिसहरूलाई असर परेको छ ।

यस सफलताले कनेक्टिकटका १५ वर्षीय जोनी लुबिनको लागि आशाको किरण पलाएको छ । जो यो रोगबाट ग्रसित छन् भने यसको प्रभावहरूसँग जीवन व्यतित गरि रहेका छन् ।

सिबिएसन्यूजका अनुसार उनका आमाबुवा दुबैबाट उनि सिकल सेल जीन अर्थात् सिकल कोष रोगबाट पीडित छन् । वंशानुगत रूपमा उनमा आएको छ । र, उनले बाल्यकालदेखि नै गम्भीर पीडा र स्वास्थ्य जटिलताहरू अनुभव गरि रहेका छन् ।

चिकित्सकहरुका अनुसार रातो रक्त कोशिकाहरू जुन सामान्यतया डोनट-आकारको हुन्छ। लचिलो हँसिया आकारहरूमा झुक्छन र रक्त नलीहरूमा थुप्रिन्छ जसको कारण शरीरमा अक्सिजनको सामान्य वितरणलाई बाधा उत्पन गर्छ । यसो हुँदा जटिलताहरू आउछन ,जस्तै हड्डी बिग्रने,आघात (स्ट्रोक )तथा अङ्ग खराबी हुन्छ ।

चिकित्सकहरूले लुबिनलाई उनी ४० वर्षभन्दा बढी बाँच्न नसक्ने बताए। उनि अलिकति डराउन थालेका छन् । सिएबिएसन्यूजका अनुसार उनि आफू ४० वर्ष भन्दा ज्यादा बाँच्न चाहना गरेका छन् ।

एक दशकभन्दा बढी समयदेखि लुबिन कहिले अस्पतालमा र कहिले घर जाने गर्छन । उनी कैयौ पटक अस्पतालको प्रत्येक कोठामा पुगेका छन् ।

जोनीका आमाबाबु निराश रहेका थिए । तर उनीहरु अब खुसी छन् । पहिले लुबिनको स्टेम (नाली )कोष हटाइयो अर्थात् बोन म्यारोबाट नलि हटाईएको छ । असामान्य कोशिकाहरूलाई मेटाउन मद्दत गर्न उनलाई औषधिहरु चलाईएको छ ।

उक्त अस्पतालमा उनका लागी उपचार गर्ने चिकित्सक भारतीय मुलकी चिकित्सक मोनिका भाटिया हुन् । उनि न्यूयोर्क-प्रेस्बिटेरियन/कोलम्बिया विश्वविद्यालय अरभिङ चिकित्सा केन्द्रमा बाल स्टेम (नली)सेल(कोष) प्रत्यारोपणका प्रमुख हुन् ।

अस्पतालमा चुनौतीपूर्ण पाँच हप्ता र बिद्यालयबाट छ महिनाको अनुपस्थिति पछि लुबिनको स्वास्थ्य र लामो जीवनको सम्भावनामा उल्लेखनीय सुधार भएको सिबिएसन्यूजले जनाएको छ ।

कासगेभी भनिने यो उपचार बोस्टनस्थित भर्टेक्स फार्मास्युटिकल्स र सिआरआईएसपिआर थेराप्युटिक्सले विकास गरेको हो।

विज्ञहरूले यसलाई निको पार्नु अघि बिरामीहरूलाई लामो समय सम्म पछ्याउनु पर्दछ अर्थात् फलो अप गर्नु पर्छ । वंशाणु अर्थात् जीन सम्पादनमा प्रति बिरामी लाखौं डलर खर्च हुने अपेक्षा गरिएको छ । खर्च ज्यादा लाग्ने हुनाले सिकल सेल रोग भएका सबैका लागि यो उपचार उपयुक्त नहुन सक्छ।

प्रतिक्रिया