एडमण्टनमा टेवल टनिस र ब्याडमिण्टन प्रतियोगिता सम्पन्न

इनेप्लिज २०८० मंसिर २० गते २३:०८ मा प्रकाशित

यही डिसेम्वर २ तारिक २०२३ शनिवारका दिन हिमालयन रकी स्पोर्टस क्लब HIMALAYAN -ROCKY SPORTS CLUB (HRSC)को आयोजनामा टेवल टनिस र ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भयो । क्यानडामा तेलको खानीका नामले परिचित यो अल्वर्टा प्रान्तमा रहेका खेलकुदप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सक्रिय सहभागितामा प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा बिभिन्न उमेर समूहका खेलाडीहरूको सहभागिता रहेको थियो । सातबर्ष देखि छदसकको उत्तरार्धमा पुगेका खेलाडीहरूले समेत उत्कृष्ठ खेल प्रदर्शन गरेर सबैलाई उत्साहित बनाएका थिए । दर्शकहरूलाई समेत खेलखेल्न प्रेरणा मिलेको थियो ।

ब्याडमिण्टन प्रतियोगितामा सुरेश जोशी सँयोजक, शिव बराल कार्यक्रम ब्यवस्थापक रहनु भएको थियो । त्यस्तै सदस्यहरूमा उज्वल तिवारी, दिपेन्द्र खड्का ,कृष्ण भट्ट, र सुनिम लामा रहनु भएको थियो ।टेवलटेनिसको सँयोजन शरद ढकालले गर्नु भएको थियो । डाक्टर सुनाल ओझा कार्यक्रम ब्यवस्थापक हुनुहुन्थ्यो भने मोहन कार्की, रमेश रेग्मी ,दिपेन्द्र गौतम् र अच्युत अधिकारी समितिमा रहनु भएको थियो ।

ब्याडमिण्टन पुरूष एकलमा दिप खड्का, स्वप्निल कायस्थ, सन्जोग भुजेल, टेक चौहान, अमित शर्मा, समिप केसी, विवेक आचार्य, मधुसुदन पाण्डे, सुमन खड्का, र सुरेश जोशीले प्रतियोगितामा भाग लिनु भएको थियो । त्यस्तैगरी पुरूष डबलमा दिपेन्द्र खड्का र दिप खड्का, जय बराल र रबिन्द्र श्रेष्ठ, किशोर श्रेष्ठ र गौतम सिँह, अमित शर्मा र बिशाल आचार्य, समिप केसी र दोर्जे लामा, शिव बराल र कृष्ण भट्ट, श्रीराम सिग्देल र विवेक आचार्य, अनि सुनिम तामाङ र सुरेन्द्र मिश्र रहुन भएको थियो । महिला एकलमा प्रिती खड्का अनु अधिकारी रूपा गोसाल जानभी राजभण्डारी लक्ष्मी श्रेष्ठ लिला बश्याल सुविना रिजाल र टिका गुरूङ सहभागी हुनु हुन्थ्यो । त्यस्तै गरी जोडी (पति पत्नी ) दिपेन्द्र खड्का र प्रिती खड्का सुरेन उप्रेती र निकिता शर्मा प्रदिप रेग्मी र लिला बश्याल मधुसुदन पाण्डे र सुविना रिजाल सन्तोष गुरूङ र टिका गुरूङ अनि प्रकाश मल्ल र पुष्पा मल्ल ।व्याडमिण्टनको यूथमा सुमिरन पौड्याल बिनिरा गौतम यूनिका रेग्मी अस्मिर रेग्मी प्रस्तुती अधिकारी सुप्रिम प्रनिस रेग्मी प्रान्ज्वल पाण्डे र रोजन श्रेष्ठले भाग लिनुभएको थियो ।

त्यस्तै गरी टेवल टेनिस एकलमा सुनाल ओझा शरद ढकाल रमेश रेग्मी अच्युत अधिकारी दिपेन्द्र गौतम सन्जोग भुजेल जय बराल रङगुन भट्टराई मोहन कार्की तेज प्र अधिकारी सन्तोष राई शिव नेपाल ऋषिराज दाहाद टेक चौहान सोनाम भुटिया सुरेन उप्रेती अज्वस्वी धौबडेल राहुल खकुरेल मनोहर पाठक दिप्लभ ‌ओझा खेम गुरूङ युगेश राई सुरेन्द्र मिश्र टिकाराम बुडाथोकी ईबुराज थापा प्रकाश पाण्डे निराजन पौडेल सगुन पाण्डे प्रसन्न श्रेष्ठ परेसराज पाण्डे र दिपेश पोखरेलले प्रतियोगितामा भाग लिनुभएको थियो । टेवलटेनिस डवलमा सुनाल ओझा र मनोहर पाठक शरद ढकाल र रमेश रेग्मी अच्युत अधिकारी र दिपेन्द्र गौतम ऋषिराज दाहाल र रङ्गुन भट्टराई मोहन कार्की र तेज प्र अधिकारी शिव नेपाल र टिकाराम बुडाथाकी सोनाम् भुटिया र सुवास दाहाल खेम गुरूङ दिप्लव ओझा प्रकाश पाण्डे र प्रसन्न श्रेष्ठ अनि सगुन पाण्डे र निराजन पौडेल हुनुहुन्थ्यो । त्यस्तै यूथहरूमा सम्यम रेग्मी अर्नभ अधिकारी श्वर्णिम कार्की प्रस्तुती अधिकारी प्रत्युश पाठक सुप्रिम सिद ढकाल प्रनिश रेग्मी सम्योम जोशी दिप्शन गौतम प्रेस्टन मल्ल र फिल्सन मल्ल रहेका थिए ।

लगभग सयजना प्रतियोगीले भाग लिएका खेलहरूमा ब्याडमिण्टन तर्फ पुरूष तर्फको एकलमा क्यालगरीका समिप केसीले प्रथम ट्रफी प्राप्त गर्न शफल भए । त्यस्तै अमित शर्माले रनर अपको उपधी विजय गरेका थिए । त्यस्तै गरी पुरूष डवलमा समिप केसी र दोर्जे लामा प्रथम भए भने अमित शर्मा र बिशाल आचार्यले दोश्रो स्थान हासिल गरे । महिला एकलमा जान्भी राजभण्डारीले प्रथम स्थान प्राप्त गरीन भने पुष्पा मल्लले दोश्रो स्थान प्राप्त गरीन् । मिक्स जोडी पति पत्नीका प्रतियोगीतामा दिपेन्द्र खड्का र प्रिती खड्काको जोडीले प्रथम स्थान प्राप्त गर्यो भने प्रकाश मल्ल र पुष्पा मल्लको जोडीले द्धितिय स्थानमा विजय प्राप्त गर्यो । यूवा ब्याडमिण्टन प्रतियोगितामा सुमिरन पौडेलले प्रथम स्थान प्राप्त गरीन भने अस्मिर रेग्मीले दोश्रो स्थान हाशिल गरे ।

टेवलटेनिसमा भएको प्रतिस्पर्धा मा पुरूष एकलमा मोहन कार्की प्रथम र प्रकाश पाण्डेले द्धितिय स्थान प्राप्त गरे । टेवलटेनिसको डवलमा रमेश रेग्मी र शरद ढकालको टिमले प्रथम स्थान प्राप्त गर्यो भने मोहन कार्की र तेज अधिकारीको टिमले दोश्रो स्थान लिन सफल भयो । यूथ टेवलटेनिसमा सम्यम रेग्मीले प्रथम स्थान प्राप्त गरे भने सम्योम जोशीले दोश्रो स्थान प्राप्त गरे ।

क्यानडाको चिसो वातावरणलाई घरभित्र खेलिने यस प्रकारका खेलको आयोजना गरेर हिमालयन रकी स्पोर्टस् क्लबले सराहनिय कार्यगरेको कुरा सहभागीहरु बताउँछन् । कार्यक्रमलाई सफल बनाउनका लागि क्लबले देउसी भैलो कार्यक्रम समेत गरेको थियो । नेपाली उधमीहरू EXP रियालिटीका सर्जु रन्जितकार , WFG Edmontonका उमानाथ गैरे, प्रहर ड्ण्टल क्लिनिकका डाक्टर पवन न्याछोँ, BMO विवेक अहुजा, त्यस्तै गरी सुमन खड्का र हरि थापाले कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग उपलब्ध गराउनु भएको थियो । कार्यक्रमलाई सफल बनाउन जान्भी राजभण्डारी, दिव्या सिग्देल, दिया सिग्देल, रविन्द्र श्रेष्ठ आदि स्वयम् सेवकहरूदे सेवा प्रदान गर्नु भएकोथियो । HRSC बोर्डका सदस्य दिव्या महतले सबै पोष्टरहरू डिजायन गर्नु भएको थियो । त्यस्तै कार्यक्रमलाई सफल बनाउन निरन्तर खट्नु हुने बिकी आचार्य, आभास तिम्सिना, अभिषेक दाहाल ,डा सुनाल ‌ओझा, शिव बराल , सुरेश जोशी , शरद ढकालको सक्रिय सहभागिता रहेको थियो । क्यालगरीका सुरेन्द्र मिश्रले खेलको तालिका बनाउन सहयोग पुर्याउनु भएको थियो ।

सन २०१६मा डाक्टर आई गुरूङको सक्रियतामा स्थापित यो हिमालयन रकी स्पोर्टस् क्लब हो ।यसले क्यानडा व्यापी भलिवल, सकर,ब्याडमिण्टन, टेवलटेनिस जस्ता Out door र In door खेलहरू गराउँदै आएको छ । दिलिप अन्छाङबो लिम्बु जस्ता सक्रिय यूवा अध्यक्ष रहेको यस क्लबमा उर्जावान यूवाहरूको नेतृत्व रहेको छ । कुरा भन्दा कामलाई महत्व दिने यस क्लबले बिभिन्न चलचित्रहरू प्रदर्शन गराउने कलाकारहरूलाई आमन्त्रण गरेर कार्यक्रमहरू गर्दछ । ती कार्यक्रमहरूबाट बचाउन सकेको रकमले बिभिन्न खेलकुदहरू कार्यक्रमहरु सन्चालन गर्ने गरेको छ ।

कार्यक्रमको अन्त्यमा ट्रफी मेडल र प्रमाण पत्रहरू वितरण गरिएको थियो । सो क्रममा क्लबका उपाध्यक्ष आभास तिमल्सिनाले क्लबका सस्थापक डाक्टर आइ गुरूङको अभाव खड्किएको कुरा बताउनु भयो । उहाँ भएको भए कुनै कमी कम्जोरीहरू हुने थिएनन् । सबैको ख्याल गर्ने एक कुशल अविभावक गुमाएको मा दुखित भएको कुरा सुनाउनु भयो । कार्यक्रममा सर्जु रन्जितकार ,उमानाथ गैरे तथा डाक्टर पवन न्याछोँले विजेता खेलाडीहरूलाई ट्रफी पदक तथा प्रमाण पत्रहरु प्रदान गर्न सहयोग गर्नु भएको थिय । कार्यक्रम मोडुक्लबको हल एडमण्टनमा भएको थियो ।

प्रतिक्रिया