युक्रेन–रुस युद्धमा पोखराका देवान सहित ४ जनाको मृत्यु देवानको घरमा पुग्दा भिडियोमा हेर्नुहोस

इनेप्लिज २०८० मंसिर २० गते १२:२३ मा प्रकाशित

रुस पुगेका छोरा देवान राईसँग अन्तिमपल्ट असोज १७ मा फोनमा कुरा हुँदा पोखराका धनराज राईको मन अमिलो भयो । आफू बसिरहेको क्याम्पबाट १५ दिनका लागि अर्को क्याम्पमा जाने र त्यहाँ फोन, इन्टरनेट केही नहुने जानकारी देवानले त्यसैबेला परिवारलाई गराएका थिए ।त्यसपछि उनको फोन आएन । रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्ध लड्दालड्दै २६ वर्षीय देवानको असोज २२ मा निधन भयो । खबर भने परिवारले मंसिर १ मा मात्र पाए ।

उदयपुरबाट ३० वर्षअघि पोखरा आएर ज्याला मजदुरी गर्दागर्दै धनराजले यतै बिहे गरे । पोखरा–१३ कमलपोखरीमा घर बनाएर बसे ।गत वर्ष कात्तिकमा देवान विद्यार्थी भिसामा रुस पुगे । गत वैशाखमा रुसी सेनामा भर्ती भए । विश्वविद्यालयमा पढ्दा कमाइ नहुने र रुसी सेनामा राम्रै कमाइने भएकाले भर्ती भएको उनले परिवारलाई बताएका थिए । हामी उनको घरमै गएर वुवा संग कुराकानी गरेका छौ बाकि भिडियोमा हेर्नुहोस

प्रतिक्रिया