घानामा उपप्रधानमन्त्री पुर्णबहादुर खडकाको स्वागत

इनेप्लिज २०८० मंसिर २० गते ०:१४ मा प्रकाशित

आक्रा , घाना ।पश्चिमी अफ़्रिकि मुलुक घानामा संयुक्त राष्ट्र संघको शान्ति स्थापना मन्त्री स्तरीय बैठकमा भाग लिन आउनु भएका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काको स्वागतमा गैरआवासीय नेपाली संघ घानाले स्वागत कार्यक्रम तथा रात्रीभोज आयोजना गरेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री खडकाको स्वागत गर्दै एनआरएनए घानाका अध्यक्ष बिकास सुबेदीले घानामा नेपालको यो पहिलो उच्चस्तरिय भ्रमण रहेको र उपप्रधानमन्त्रीज्युको स्वागत गर्न पाउँदा यहाँको नेपाली समुदाय अति नै उत्साहित भएका छौ भन्नू भयो । उहाँले घानामा काम गर्न आउने नेपालीहरुलाई नेपाल सरकारले श्रम स्वीकृति दिन समस्या गरिरहेको र एयरपोर्ट अध्यागमनले पनि अनावश्यक दु:ख दिने गरेकोले सो को समाधानका लागि उपप्रधानमन्त्रीज्युले आबश्यक पहल गरि समस्या समाधान गरिदिन हुन आग्रह गर्नु भयो ।

समारोहमा उपप्रधानमन्त्री पुर्णबहादुर खडकाले नेपालले पनि अहिले हाइड्रोपावर , कृषि र पर्यटनमा प्रगति गरिरहेको र गैरआवासीय नेपालीहरुले मार्तुभुमीमा लगानी र ब्यबसाय प्रबर्द्धनमा जोड दिन नेपाल सरकारको तर्फबाट आग्रह गर्नु भयो । साथै उहाँले त्यहाँका नेपालीहरुलाई परेको समस्या समाधान गर्न आफुले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा भानु पाठक , बिनोद खडका , सुमित शर्मा , बिनोद थापा , कमला भुषाल र धनु पाठक लगाएतले उपप्रधानमन्त्री खडकाको स्वागतमा आ-आफ्ना मन्तव्य राखेका थिए ।कार्यक्रममा उहाँहरु लगाएत घानाको आक्रामा रहेका एनआरएन सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया