भर्जिनियाको आर्लिंगटन घरमा संदिग्धले मसाल फ्याके पछि विस्फोट

इनेप्लिज २०८० मंसिर १९ गते ११:५८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको आर्लिंगटन शहर स्थित एक घरमा संदिग्धले मसाल फ्याके पछि विस्फोट भएको छ ।

उनले पटक पटक फ्लेयर गन अर्थात् मसाल /ज्वाला फ्याक्ने बन्दुकले एक घरलाई निशाना बनाउदै हाने पछि घर बिस्फोट भएको हो ।

आर्लिंगटन प्रहरीले एक व्यक्तिले एक घर भित्र मसाल फ्याके पछि उनीहरुलाई बोलाईएको थियो । त्यस पछि प्रहरी अधिकारीहरूले खोजी पक्राउ पूर्जी जारी गर्ने कोशिस गरे। त्यसपछि घर विस्फोट भयो र छिमेकी र काउन्टीभरका केही घरहरू हल्लाएको एनबिसीवाशिंगटनले समाचार लेखेको छ ।

भर्जिनियाको आर्लिंगटनमा गत सोमबार राति एउटा घर विस्फोट भएको हो । प्रहरीले डिसीको उत्तर तर्फ बर्लिङटन मार्गको ८०० घर समूहको एक घरबाट साँझ ४:४५ बजे कसैले बन्दुकद्वारा मसाल फ्याकेको खबर प्राप्त गरेको थियो।

बेलुका ८:३० बजे संदिग्धले कथित रूपमा धेरै पटक आगिको मुस्लो भएको बन्दुक हानेको अधिकारीहरूले बताए । “म मेरो घरको पछाडि थिएँ, र मैले यो भन्दा पहिले सुनेको थिएँ, केही प्रकारको पटाकाको आवाज, र त्यसपछि अचानक ठूलो आवाज आयो, र मेरो सम्पूर्ण घर हल्लिरहेको छ,” छिमेकी एन-एलिस क्विनले भने। “सबै बत्ती तुरुन्तै निभ्यो।”

मानिसहरू बिस्फोट भए पछि चिच्याएका थिए । प्रहरी अधिकारीहरूलाई सामान्य चोट लागेको छ भने तर अस्पताल लगिएको छैन । कसैलाई चोट पुर्‍याएको बारे थाहा नभएको उनीहरूले पत्रकार सम्मेलनमा भने। संदिग्धको नाम सार्वजनिक गरिएको छैन ।

अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिएका थिए । उक्त क्षेत्रमा करिव ७ घण्टा सम्म बाटो अबरुद्ध भएको थियो भने अझै पनि बाटो नखुलाईएको एनबिसीवाशिंगटनले समाचारमा उल्लेख गरेको ।

प्रतिक्रिया