भर्जिनियामा ईन्द्रेणी कृष्ण कडेल दोहोरी साँझ हुने

इनेप्लिज २०८० मंसिर १७ गते २३:४५ मा प्रकाशित

नेपालको टेलिभिजनबाट प्रसारण हुने ईन्द्रेणी कार्यक्रमका प्रस्तोता कृष्ण कडेलको दोहोरी गीतलाई भर्जिनियाका नेपालीहरुले सुन्न पाउने भएका छन् ।

यहि आउदो डिसेम्बर २२ तारिख शुक्रबार रुशा ईन्टरप्राईजेजको प्रस्तुती रहेको ईन्द्रेणी दोहोरी साझ कार्यक्रमलाई सरोज केसी , निदेश अधिकारी , गणेश पाण्डे तथा मिलन गोर्खालीले आयोजना गर्ने भएका छन् ।

यस्तो किसिमको लोक दोहोरी अहिले सम्म भर्जिनियामा नभएको भन्दै यो कार्यक्रम भब्य हुने अपेक्षा गरिएको आयोजक मध्यका एक निदेश अधिकारीले हामीलाई जानकारी दिएका छन ।

कार्यक्रममा कृष्ण कडेल र निशा सुनारको दोहोरी हुनेछ भने प्रसिद्ध लोक गायक प्रेमराजा महत र राम प्रसाद खनालले पाहुना गायकका रुपमा मनोरन्जन दिने छन् ।

टेलिभिजनमा राम्रा प्रस्तोता मानिएका सरोज केसी र रुषा केसीले उक्त कार्यक्रम उदघोषण गर्नेछन् । कृष्ण कडेलले ईन्द्रेणी कार्यक्रम मार्फत ठुलो संख्यामा असहाय , गरिब र बिपन्न तथा रोगीहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

कार्यक्रम भर्जिनियाको मनासस स्थित Wyndham Garden Manassas 10800 Vandor Ln Manassas VA मा हुनेछ भने छुडु स्टोरमा टिकट किन्न सकिने छ : https://www.xudustore.com/?fbclid=IwAR1TZZMm6BtCcAkvU1qN04MrXG6UUMzbssDgjo47WJvBE5gL8ifsdcjhaFE

प्रतिक्रिया