डिसीको एक इन्धन चौकीमा महिलालाई बन्दुक देखाएर गाडी जबर्जस्ती लुट्ने व्यक्तिलाई १६ बर्षको कारागार सजाय

इनेप्लिज २०८० मंसिर १७ गते १३:०२ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीको दक्षिणपूर्व स्थित एक इन्धन चौकी(ग्यास स्टेशन)मा महिलालाई बन्दुक देखाएर गाडी जबर्जस्ती लुट्ने व्यक्तिलाई १६ बर्षको कारागार सजाय सुनाईएको छ ।

३८ वर्षीय एन्ड्र्यू प्याट्रिकलाई गत सेप्टेम्बरमा गाडी जबर्जस्ती लुटेकोमा अपराधमा दोषी पाइएकोले उनलाई १६ बर्षको कारागार दिईएको हो ।

सेप्टेम्बर २२ ,२०२२ मा एउटी महिलाले आफ्नो २००५ को गाडी दक्षिणपूर्वी डीसीको गुड होप नामक सडकमा रहेको इन्धन चौकीमा तेल हाल्न आउँदा बन्दुकको देखाई साँचो छोड्न बाध्य पारेको अमेरिकी अधिवक्ताको कार्यालयले जनाएको छ ।

पीडित महिलाले उनलाई हानि नगर्न बिन्ती गरिन् तर प्याट्रिकले “पीडितलाई उनको गाडीमा भौतिक आक्रमणको साथै चाबी लिए र गाडी लागेको ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रहरीले प्याट्रिकलाई महिलाको गाडी भेटे । प्रहरीले गाडीमा दर्ता नगरिएको बन्दुक पनि फेला पारेको अभियोजकले बताए ।

ती महिलाले सजाय सुनुवाइमा शक्तिशाली बयान दिएकी थिइन् । उक्त घटनाले उनको जीवनलाई कसरी असर गर्‍यो र यसले कसरी उनको “आत्मामा” गहिरो चोट पुर्याएको बयानमा बताएकी थिइन् ।

प्याट्रिकको सशस्त्र गाडी लुटपाटको सजायको अतिरिक्त, उनलाई हिंसाको अपराधको क्रममा बन्दुक राखेकोमा ५ वर्ष, एक दोषी अपराधीद्वारा गैरकानूनी रूपमा बन्दुक राखेकोमा ३ वर्ष, अनुमति बिना बन्दुक राखेकोमा १ १/२ वर्ष, दर्ता नगरिएको हतियार राखेकोमा १ वर्ष र गैरकानूनी रूपमा हतियार राखेकोमा १ वर्ष कैद सुनाईएको अभियोजकहरूले भने।

उनको सजाय पूरा भएपछि उनले सुपरिवेक्षण रिहाईको ५ वर्ष सेवा गर्नेछन् भनि डब्लुटिओपिले समाचार लेखेको छ ।

प्रतिक्रिया