हमाससँगको युद्धविराम समाप्त भएपछि इजरायलले युद्धग्रस्त क्षेत्रमा पुनः बमबारी सुरु गरेको गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार गाजा भूभागमा कम्तिमा १७८ जनाको मृत्यु भएको छ भने अन्य ५८९ जना घाइते भएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता चिकित्सक अशरफ अल-कुद्राले जारी गरेको एक विज्ञप्ति अनुसार “चिकित्सा टोलीहरूले आज बिहान युद्धविरामको अन्त्य र सर्वसाधारणमाथि नयाँ बमबारीसँगै ठूलो सङ्ख्यामा घाइतेहरूको उपचार गरिरहेका छन्।”
“घाईतेहरू आपतकालीन विभागहरूमा र शल्यक्रिया कक्षहरूको अगाडि पीडितहरू जम्मा भएका कारण भुइँमा जताततै पल्टि रहेका छन्।”
गाजा र उत्तरी गाजा भूभागमा स्वास्थ्य अवस्था अत्यन्तै विनाशकारी अवस्थामा पुगेको र प्रमुख अस्पतालहरू सेवामा नरहेको उनले भने । “गाजा र उत्तरमा चिकित्सा र स्वास्थ्य उपचार कक्षका क्षमताहरू धेरै सीमित छन्। गाजा र उत्तरका तीन बाँकी अस्पतालहरू साना छन् र ठूलो संख्यामा घाइतेहरू लिन योग्य छैनन्।”
स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अक्टोबर ७ मा युद्ध सुरु भएदेखि १५,००० भन्दा बढी मानिसहरू मारिएका छन्।
प्रतिक्रिया