सुर्य अस्ताउन लाग्दा हामी कामबाट घर आउँछौ, दिनभरी लाखापाखा भए नि साँझ आफ्नो घर आउँछौ।
चराचुरुङ्गीको पनि त्यहीँ प्रक्रिया हुन्छ साँझ परेपछि आफ्नो गुँडमा आउने गर्छन। जनावररुको पनि त्यहीँ प्रक्रिया हुन्छ साँझ परेपछि आफ्नो वास बस्ने ठाउँमा आउँछन् कोही कोही उग्र बौलाहा भएका जनावरहरु अनि पशुपंक्षीहरु मात्र चटक देखाउन र बिगार गर्न थाल्छन् अहिले देशमा त्यहीँ हालत भएको छ, जनताहरुले साँझमा घर गएर शान्तिले सुत्न घर खोजेका छन् जताततै अशान्ति र असुरक्षित भएको महशुस गर्न थालेका छ्न् त्यो शान्तिको खोजीमा सडकमा उत्रिएका हुन् ।
हाम्रो देश नेपाल अस्ताउन डुब्न लागेको सुर्य झै हुन लागेको देखिन्छ त्यो हुन नदिन र आफ्नो घर बचाउन देश बचाउन लाग्नु हामी सबैको कर्तव्य हुन आउँछ, अब गाउँ – गाँउबाट वस्ती- वस्तीबाट नेपालको झण्डा बोकेर देश नेपाल डुब्नबाट बचाउन राजासहितको प्रजातान्त्रिक नयाँ नेपाल निर्माण गर्नु आजको आवश्यकता हो।
अन्तिममा अबको विकल्प नै राजालाई जनताले राजगद्दीमा राखेको दृश्य हेर्न आँखाहरु आतुर छन् , राजाले जनताको खुशीको लागि राजगद्दी छोडिबक्सेको थियो अब जनताले देश बचाउन र सम्पूर्ण नेपालीहरु शान्तिले बाँच्नको लागि राजालाई जनताले नै फेरि राजगद्दीमा राख्ने दिन आउँदैछ।
भगवान पशुपतिनाथसङ्ग प्रार्थना छ त्यो दिन चाँडै नै देख्न पाईयोस्।
कमला प्रसाईं
प्रतिक्रिया