जेरुसेलममा गोली प्रहारमा ३ जनाको ज्यान जाने गरि गोली चलाउने आक्रमणकारीहरू आफ्नो सैन्य शाखाको भएको हमास द्वारा स्विकार 

इनेप्लिज २०८० मंसिर १४ गते १७:४९ मा प्रकाशित

हमासले जेरुसेलमको बस स्टपमा( यात्रीयान बिसौनी)मा बिहीबार तीन जनाको ज्यान जाने गरी गोली चलाउने आक्रमणकारीहरू आफ्नो सैन्य शाखा अल-कसाम गुल्मका  सदस्य रहेको बताएको छ।

हमासले उनिहरु दुई दाजुभाइको भएको बताएको छ भने दुई आक्रमणकारीले जेरुसेलममा मानिसहरूको समूहमा गोली चलाउँदा ८  जना घाइते भएका अधिकारीहरूले बताएका छन्।

जेरुसेलममा गोलीकाण्ड  इजरायल र हमास बीचको युद्धविरामको बीचमा घटना घटेको हो। 

अन्तिम समयमा सम्झौता अन्तर्गत बिहीबार अर्को दिनको लागि बिराम विस्तार गरिएको थियो । इजिप्टले युद्धविरामलाई थप लम्ब्याउन वार्ता जारी राखेको छ ।

आक्रमणमा २ सैनिक सहित एक नागरिकको मृत्यु भएको जेरुसेलम जिल्ला कमाण्डर डोरोन तुर्गेम्यानले बिहीबार बताए।

घाइते मध्ये एकलाई म्यागेन डेभिड एडोम उद्धार सेवाले घटनास्थलमै मृत घोषणा गरेको थियो भने अन्य दुईलाई सारे जेडेक अस्पतालमा मृत घोषणा गरिएको थियो।

प्रतिक्रिया