किमकी बहिनीले उत्तर कोरियासँगको वार्ताको अमेरिकी प्रस्ताव अस्वीकार गरेकी छन् ।
उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनीले बिहीबार कूटनीतिमा फिर्ताको हुनको लागि गरिएको अमेरिकी आह्वानलाई खारेज गरेकी छिन ।
हालै उत्तर कोरियाले गरेको जासुसी उपग्रह प्रक्षेपणको निन्दा गरेकोले संयुक्त राष्ट्र प्रतिबन्धको उल्लङ्घनमा थप प्रक्षेपण गर्ने वाचा गरेको एबिसीन्यूजले जनाएको छ ।
यस हप्ताको सुरुमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले उत्तर कोरियाको उपग्रह प्रक्षेपणलाई “लापरवाह, गैरकानूनी” कार्य भनेकी थिइन् ।
किमकी बहिनी र वरिष्ठ अधिकारी, किम यो जोङले अमेरिकी प्रस्तावलाई अस्वीकार गरे र थप उपग्रह र अन्य हतियार प्रक्षेपण गर्ने धम्की दिए।
“स्वतन्त्र राज्यको सार्वभौमसत्ता कहिल्यै वार्ताको कार्यसूची वस्तु हुन सक्दैन, र त्यसकारण, (उत्तर कोरिया) त्यस उद्देश्यका लागि अमेरिकासँग कहिल्यै आमनेसामने बस्ने छैन,” किम यो जोङले राज्यद्वारा संचालित सञ्चारमाध्यममा विज्ञप्तिमा मार्फत उक्त कुरा भनेका छन् ।
“(उत्तर कोरिया) आफ्नो सार्वभौम अधिकारसँग सम्बन्धित सबै कुराको विकास गर्न प्रयास जारी राख्नेछ र संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रहरूले उपभोग गरेका सार्वभौम अधिकारहरू भविष्यमा पनि प्रतिबन्धित नगरी गरिमामय ढंगले प्रयोग गर्न जारी राख्नेछ।” उनले भनिन्।
प्रतिक्रिया