जेरुसेलममा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु ,६ जना अन्य घाइते

इनेप्लिज २०८० मंसिर १४ गते १२:१२ मा प्रकाशित

जेरुसेलममा बिहिबार गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

“आतंकवादीहरू पूर्वी जेरुसेलमका हुन्। उनीहरूसँग एम–१६ राइफल र बन्दुक थियो । उनीहरू सवारी साधन (कार )लिएर आए र सर्वसाधारणमाथि गोली चलाए,’ प्रहरी प्रमुख डोरोन टुर्गेम्यानले बिहीबार भने।

टर्गेम्यानले ३ जनाको ज्यान गएको बताए । घाइते मध्ये एकलाई म्यागेन डेभिड एडोम उद्धार सेवाले घटनास्थलमा मृत घोषणा गरेको थियो भने अन्य दुईलाई शारे जेडेक अस्पतालमा मृत घोषित गरिएको थियो।

एक छुट्टै घटनामा इजरायल प्रहरी प्रवक्ताको एकाइले आक्रमणकारीहरूले यात्रीयान बिसौनी( बस स्टेशन)मा लगभग स्थानीय समय अनुसार बिहीबार ७:४० बजे नागरिकहरू तर्फ गोली हानेको बताए ।

आक्रमणको घटनास्थललाई बन्द गरिएको छ । इजरायलका लागि अमेरिकी राजदूत ज्याक लुले सामाजिक संजाल एक्स(पुरानो ट्वीटर)मा भने , “हामी स्पष्ट रूपमा यस्तो क्रूर हिंसाको निन्दा गर्दछौं।”

प्रतिक्रिया