राजा ज्ञानेन्द्र शाह परिवारको कमि कमजोरी को आफनो को पराया चिन्न सकेनन!

इनेप्लिज २०८० मंसिर ११ गते ११:५० मा प्रकाशित

सेनाहरुको साथ र समर्थन बिना राजा फर्काउँछु भन्नु दिवा सपना हो । राजा ज्ञानेन्द्र शाह परिवारलाई केही मध्यस्थकर्ता र केही सल्लाहकारहरुले घेराबन्दीमा राखेका छन भन्ने कुरा मैले धेरै वर्ष पहिले बाट बारम्बार भन्दै आएको छु ।

राजा ज्ञानेन्द्र शाह परिवारको कमि कमजोरी को आफनो हुन को पराया हुन चिन्न नसक्नु किन ? राजा ज्ञानेन्द्र शाह परिवारले आफुलाई विश्वास लागेका राजावादी पार्टीहरुलाई एक आपसमा मिल्ने भए मिल नमिल्ने भए म कसैको कार्यक्रममा जान्न भन्न नसक्नु किन ? पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न राजा ज्ञानेन्द्र शाहले आयोजकलाई मंसिर ७ गते भन्दा पहिले अर्थात अझ उत्तम समय पौष २७ गते पृथ्वी जयंतीको दिनलाई पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न तय गर्नुपर्ने थियोे तय गरिएन किन ?

वास्तविक राजावादीहरुले मनन गर्नुपर्ने र बुझ्नुपर्ने कुराहरू । राजावादी हरुलाई एक आपसमा मिल्न नदिने र फुट गराउने तत्वहरु को को हुन ? राजावादी हरुलाई भाँडन खोज्ने तत्वहरु को को हुन ? राजा ज्ञानेन्द्र शाह परिवारलाई असफल बनाउने तत्वहरु को को हुन ? पत्ता लगाउन र पहिचान गर्न अपरिहार्य छ । सर्वप्रथम राजा ज्ञानेन्द्र शाह परिवारलाई घेरा भित्र पारी राखेका विभिन्न तत्वहरुलाई परास्त गरि राजा ज्ञानेन्द्र शाह परिवारलाई जनता बीच लिएर आउन आवश्यक देखिन्छ ।

मुलुकबाट राजसंस्था जानुमा दरबारियाहरु नै दोषी हो । मुलुकमा तीन किसिमका राजावादीहरु छन । सक्कली, नक्कली र अवसरवादी । एकथरी राजावादीहरुले दुर्गा प्रसाईंलाई मन पराउँदैनन । अर्कोथरी राजावादीले राजेन्द्र लिंगदेनलाई मन पराउँदैनन । त्यस्तै कमल थापालाई पनि मन नपराउने राजावादीहरु पनि छन । मुलुकमा आफुलाई राजावादी भन्ने हरुको राजनीतिक पार्टीहरु थुप्रै छन । राजावादी पार्टीहरुलाई एक आपसमा मिल्न नदिने पनि दरबारियाहरु नै हुन । कुनै पनि राजावादीहरुको एजेन्डा भने स्पष्ट छैन भन्नलाई आफुलाई राजावादी भन्ने गणतान्त्रिक सरकारमा सामेल हुने !! विगतमा कमल थापा र राजेन्द्र लिंगदेन हेरियो राजावादी भन्ने पद पाउने बित्तिकै गणतान्त्रिक सरकारमा सामेल हुने !! वर्तमानमा राजेन्द्र लिंगदेन, ज्ञानेन्द्र शाही, धवल शमशेर राणा र दिपक सिंहलाई हेरियो पद पाउने बित्तिकै गणतान्त्रिक सरकारमा सामेल हुने !! राजसंस्थाको एजेन्डा बोकेका राजावादी भनौंदाहरुले राजसंस्थाको लागि नै सडक र सदन दुवै तताउनु पर्नेमा गणतान्त्रिक सरकारमा सामेल हुन जान्छन ।

कमल थापा, राजेन्द्र लिंगदेन, ज्ञानेन्द्र शाही, धवल शमशेर राणा र दिपक सिंह जस्ताले आफुलाई राजावादी भन्ने एमाले, माओवादी र कांग्रेस पार्टीको गणतन्त्रबादी सरकारमा सामेल हुन्छन । सातवटा प्रदेशमा उम्मेदवारी दिन्छन । कस्तो राजावादी हुन ?

सक्कली राजावादी हरुलाई कमल थापा, राजेन्द्र लिंगदेन, ज्ञानेन्द्र शाही, धवल शमशेर राणा र दिपक सिंह जस्ताले झुक्याई रहेका छन । कमल थापा, राजेन्द्र लिंगदेन, ज्ञानेन्द्र शाही, धवल शमशेर राणा र दिपक सिंह जस्ता आफुलाई राजावादी भन्नेहरुको नियतमा खोट देखिन्छ । राजसंस्थाको एजेन्डा स्पष्ट लिएको देखिन्न नाम मात्रको राजावादीहरु हुन । दुर्गा प्रसाईंले पनि राजा ल्याउनको लागि मंसिर ७ गते बाट काठमाडौंमा आन्दोलनको शुरुआत गरेका थिए भने झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न राजा ज्ञानेन्द्र शाहलाई राजेन्द्र लिंगदेनले सहयोग गरेका थिए । दुर्गा प्रसाईं र राजेन्द्र लिंगदेन राजावादी हुन भने दुवै जना एक आपसमा मिलेर काठमाडौंमा आन्दोलन गर्न सकेनन किन ? मंसिर ७ गतेको कार्यक्रमलाई दुर्गा प्रसाईंले घोषणा गरि सकेपछि राजेन्द्र लिंगदेनले दुर्गा प्रसाईंलाई सहयोग गर्नुपर्ने थियो तर गरेनन दुर्गा प्रसाईंको मंसिर ७ गते देखि काठमाडौंमा शुरुआत हुने कार्यक्रमलाई कम्जोर बनाउन खोजियो । हुन त राजेन्द्र लिंगदेनको विचार स्वतन्त्रता सबैको आ आफनो हुन्छ । दुर्गा प्रसाईंले काठमाडौंमा मंसिर ७ गतेको कार्यक्रम घोषणा गरि सकेपछि राजावादीहरु एक आपसमा मिल्न सकेनन किन ? राजावादीहरुमा नै एक आपसमा फुट छ ।

सेनाहरुको साथ र समर्थनले मात्र गणतन्त्र समाप्त हुन्छ । मुलुकमा सेनाहरुको साथ र समर्थन बिना गणतन्त्र समाप्त हुँदैन मात्र दिवा सपना हो । सेनाहरुले साथ नदिईकन जति आन्दोलन गरे पनि !! जति मिहिनेत गरे पनि !! जति फुर्ति लगाए पनि !! जति मै हुँ भने पनि !! राजा ज्ञानेन्द्र शाह आउन असंभव छ अर्थात राजसंस्था फर्कन असंभव छ । सेनाहरुले राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहलाई समर्थन र सहयोग नगर्ने होईन सेनाहरुले समर्थन र सहयोग गर्थे ? तर यथार्थमा सेनाहरुले राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाह वरिपरिका केही मध्यस्थकर्ता र केही सल्लाहकारहरूलाई सहयोग र समर्थन नगरेको हो अर्थात सेनाहरुले राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहलाई घेराबन्दी गरिरहेका केही मध्यस्थकर्ता र केही सल्लाहकारहरूलाई समर्थन र सहयोग नगरेको हो ।

मुलुकमा अकल्पनीय शासक अर्थात अकल्पनीय शक्ति आउने संकेत किन ? सांसदहरू बाट नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र व्यवस्था, सत्ता, पद, संविधान र कानुनको दुरुपयोग ।

मुलुकमा वर्तमान व्यवस्था जाने दिन नजिकिदै छ । मुलुकमा अकल्पनीय शक्ति अर्थात अकल्पनीय शासक आउने संकेत किन ? मुलुकमा विक्रम सम्वत ०६२/०६३ सालपछि ६०१ जना सभासद, ८८४ जना सांसद, प्रधानमन्त्री पुष्पकमल दाहाल, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्ण बहादुर महरा, के पी शर्मा ओली, टोपबहादुर रायमाझी, राम बहादुर थापा, गोकुल बाँस्कोटा, महेश बस्नेत, शेर बहादुर देउवा, आरजु राणा, बालकृष्ण खाँड, गगन थापा, प्रकाश शरण महत, विश्व प्रकाश शर्मा, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, माधव कुमार नेपाल, झलनाथ खनाल, रवि लामिछाने, कमल थापा र राजेन्द्र लिंगदेन लगायतका सांसदहरू र नेताहरू बाट मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र व्यवस्था, सत्ता, पद, संविधान र कानुनको दुरुपयोग गरेका छन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया