एक तान्का र चार हाईकुहरु 

राम अधिकारी २०८० मंसिर ८ गते १२:०५ मा प्रकाशित

१.

“ठीक” छ भन्ने

साथीभाईको हुल

दुस्मनै सही

सजग गराउँछ

जिन्दगी सिकाउँछ

२.

भीडको बीच

कथित आफ्नासँग

एक्लो एक्लो छ

३.

जव म लडे

मेरै भन्नेहरु नै

हाँसेर बसे

४.

मान्छे न हो

डाहले भरिएको

डाह नै छ

५.

उनीहरु नै

बिष मीठो छ भन्छन्

र मर्छ भन्छन्

-राम अधिकारी 

राम अधिकारी

राम अधिकारी साहित्यकार,लेखक हुनुहुन्छ ।

प्रतिक्रिया