९ गते राजाको सन्देश आउन सक्ने ,के हरहर दुर्गे, घर घर दुर्गे हुनै लागेको हो त ?

इनेप्लिज २०८० मंसिर ८ गते ०:३४ मा प्रकाशित

अनिलभक्त खरेल । संसारभरीका नेपालीले प्रतिक्षा गरेको मंसिर ७ गतेको दुर्गा प्रसाईको काठमाडौं केन्द्रित नागरिक विद्रोह पहिलो दिन समग्रमा शान्तिपुर्ण रुपमै सम्पन्न भयो ।

सरकारको कडा सुरक्षा, निषेधाज्ञाका कारण कुनै अप्रिय घटना हुन पाएन । एमालेको युवा संघ र दुर्गा प्रसाईको विद्रोहमा कसको पक्षमा जनताको सहभागिता बढी होला भनेर जनताले खुबै चासो र उत्साहका साथ हेरिरहेका थिए ।

एमालेका युवा संघले तिनकुनेमा आफ्ना कार्यकर्ता र दुर्गा प्रसाईको नेतृत्वमा रहेको नागरिक विद्रोहरुपी जनता बल्खुमा जम्मा भएका थिए । प्रत्यक्षदर्शीका अनुसार तिनकुनेमा ४।५ हजार र बल्खुमा २५।३० हजार जम्मा भएको बताईन्छ ।

पहिलो दिनको कार्यक्रममा जनताको व्यापक रुपमा सभागी भएपछि उत्साहित दुर्गा प्रसाईले सो विद्रोह निरन्तर रुपमा हुने बताएका छन् । उनले मंसिर ८ गतेको विद्रोह तिनकुनेबाट हुने बताएका छन् । उता एमालेको महेश बस्नेतको अर्को कार्यक्रम आईसकेको छैन ।

सायद गण्तन्त्रमा जनताको बोल्ने र विरोध गर्ने अधिकार यही नै होला भनेर आम बुद्धिजीवहरुले सरकारको खिसिट्युरी गरिरहेका छन् ।

यसअघि प्रसाईले १० लाखभन्दा बढी जनता काठमाडौंमा उत्रने र नेताहरुलाई घर घरबाट थुत्ने भनेर तर्साएका कारण सरकार डराएर राजधानीका मुख्य सडक १ महिना र मन्त्री क्वाटर आसपासका परिसरमा ६ महिने निषेधाज्ञा गरेको थियो ।

सायद गण्तन्त्रमा जनताको बोल्ने र विरोध गर्ने अधिकार यही नै होला भनेर आम बुद्धिजीवहरुले सरकारको खिसिट्युरी गरिरहेका छन् ।

हुन त जुनसुकै सरकारले पनि आफ्नो आयु बढाउन अन्तिम अस्त्रको रुपमा निषेधाज्ञा, धरपकड, डर, धाक, धम्की दिने गर्छन् । ती सबै हतकण्डा ७ गतेको कार्यक्रममा गरेको पाईयो । सरकारी भिजिलान्तेको रुपमा महेश बस्नेतको युवा संघ, सडकका भित्री भागमा निषेधाज्ञा, सरकारबाटै राजधानीमा छिर्ने गाडीमा प्रतिबन्ध, व्यापक धरपकड, १० हजारभन्दा बढीको संख्यामा सशस्त्र प्रहरी र जनपथ प्रहरी तैनाथ, व्यापकरुपमा सुरक्षा बलको प्रयोग, बल्खु परिसरमा मात्रै १५७ सेल अश्रुग्यास, ४ हवाई फायरको प्रयोग गरेका पाईन्छ ।

कार्यक्रम परिसरमा नेटवर्क नियन्त्रण गर्ने सरकारी डिभाईसको गाडी समेत राखिएको थियो जस्ले गर्दा सर्वसाधारणले आन्दोलनको लाईभ सामाजिक सञ्जालबाट प्रसारण गर्न असमर्थ रहेका थिए । सरकारले आफ्नो अन्तिम अस्त्र प्रयोग गरिहेको अवस्थामा कतै सरकार र व्यवस्थामाथि संकटको घडी त आएको हैन ? हैन भने जाबो एउटा दुर्गा प्रसाईले गरेको आन्दोलनमा यत्तिका मानिस उत्रिनुलाई के भन्ने ? के दुर्गाले भने जस्तै नागरिक विद्रोहको ज्वाला सल्किसकेको हो त ? के दुर्गाले भने जस्तै श्रीलंकाकै रुपमा आन्दोलन अघि बढ्न लागेको हो त ? के दुर्गा प्रसाईले भने जस्तै अहिले “हर हर दुर्गे घर घर दुर्गे” भएको हो त ?

डा. के आई. सिंहको विद्रोह पछि सम्भवतः नेपालको ईतिहासमा नागरिक स्तरबाट हुन लागेको यो नै सबैभन्दा ठुलो नागरिक विद्रोह हो भन्दा अत्युक्ति नहोला ।

डा. के आई. सिंहको विद्रोह पछि सम्भवतः नेपालको ईतिहासमा नागरिक स्तरबाट हुन लागेको यो नै सबैभन्दा ठुलो नागरिक विद्रोह हो भन्दा अत्युक्ति नहोला । तत्कालीन अपस्थामा डा. के.आई. सिंहले सिंहदरबार कब्जा गरेको देशमा दुर्गारुपी आन्दोलनले के के कब्जा गर्ने हो त्यो त समयले बताउँछ । भनिन्छ नि आगो, पानी, भाई र शत्रुलाई कहिल्यै सानो भनेर हेप्नु हुदैन । चलाउन जाने यी ४ वटै चिज फाईदाजनक छ चलाउन नजाने निमेषभरमै सकिने छौं सत्ताधारीहरुको समयमै चेत खुलोस् पछि पछुताएर ज्या भन्नु सिवाय केही रहन्न ।

२००७ सालमा राणा शासन ढाल्न उत्रेका जनतालाई सत्ताधारीहरुले बेलैमा प्रयोग गर्न जानेको भए राणा शासन ढल्ने नै थिएन । त्यस्तै ६२।६३ को आन्दोलन तत्कालीन ७ दल र माओवादीले भारतमा गएर १२ बुँदे सम्झौता गर्नु अघि नै तीनीहरुलाई चलाउन जानेको भए २४० वर्षे राजसंस्थाको विदाबारी हुने नै थिएन । त्यसैले समय आउँछ पर्खिदैन बगेको खोला फर्किदैन । व्यवस्था परिवर्तन गर्न ठुलै पापड बेल्नु पर्छ तर सत्ताधारीहरुले अहिलेका आन्दोलनकारीहरुलाई वेवास्था र प्रतिकार गरिरहन्छ भने जाने हुन्छ यीनिहरुको तासको महल ढल्न कुनै ठुलै आँधीबेहेरी आईरहनु पर्दैन ।

२०६३ सालमा राजाका सल्लाहकारका कारण भारतले ल्याईदिएको सुन्तलाको रुखमा उम्रेको धतुरोरुपी व्यवस्थाबाट जनताको समस्या समाधान हुन नसकेको, सर्वहारावर्ग र भुँईमान्छे माथि उठ्न नसकेको भन्दै झापा निवासी दुर्गा प्रसाईको अगुवाईमा भएको यो आन्दोलन कुनै व्यक्ति विशेषमा केन्द्रित नभई समग्र व्यवस्थाको विरुद्धनै भएको र कुनै व्यक्ति वा समुह सरकारी भिजिलान्तेको रुपमा अवरोध गर्न आएमा उनीहरुलाई परास्त गर्ने बताएको छ । सोही अनुसार आज बल्खुमा केही भिजिलान्तेले रामधुलाई पाएका छन् । आयोजकले “यो नागरिक आन्दोलन जनताको अधिकार स्थापनाको लागि हो ।

भ्रष्टाचार विरुद्धको हो । देशभक्तहरुको लागि हो । विदेशिन बाध्य बनाइएकाहरुको लागि हो । यो प्रत्येक देशभक्तहरुको लागि हो ।” भन्दै देश बचाउन देश र विदेशमा रहेका सबैलाई आ आफ्नो स्थानबाट साथ दिन आग्रह गरेको छ । त्यतिमात्र हैन यो आन्दोलनलेनै विदेशमा बसेका नेपालीहरुका लागि मताधिकारको अधिकार दिने व्यवस्था गर्ने आश्वासन पनि दिएको छ । त्यस्तै नागरिकहरुले अवस्था र व्यवस्थाको विरुद्ध भन्दै गणतन्त्रमा जनताले के पाए भनेर विभिन्न प्रश्न तेर्साएका छन्ः १२ बुँदे सहमति संगै गणतन्त्रवादी नेताहरुले व्यवस्थासंगै अवस्था फेर्ने नारा ल्याए, जनताले के पाए ?

हिजो हात्ती छाप चप्पल लगाउने नेताले ब्राण्डेड जुत्ता लगाउन पाए, जनताले के पाए ? साइकल किन्न नसक्ने नेताले पजेरो चढ्दै घुम्न पाए, जनताले के पाए ?

हिजो हात्ती छाप चप्पल लगाउने नेताले ब्राण्डेड जुत्ता लगाउन पाए, जनताले के पाए ? साइकल किन्न नसक्ने नेताले पजेरो चढ्दै घुम्न पाए, जनताले के पाए ? बैदेशिक रोजगारी भन्दै खाडी पठाए, फर्कदा बाकसभित्र आउने बनाए जनताले के पाए ? नेताका छोराहरुले कैयौं चेलीहरुलाई निर्मला पन्त बनाए, जनताले के पाए ? गाउँ गाउँमा सरकारको नाममा नेताहरुले भ्रष्टाचार गर्ने जागीर पाए, जनताले के पाए ? ज्यानमारालाई आममाफी दिलाए, जनताले के पाए ? नरसंहारकारीलाई जेलमा बसी बसी दल खोल्ने शक्ति दिलाए, जनताले के पाए ? नेता र उनका छोराहरुले क्वीन्टलका क्वीन्टल सुन लुकाए, जनताले के पाए ?

९ गते झापाबाट राजाको केही सन्देश आउने आशामा रहेका आन्दोलनकारीहरु हिजोको आन्दोलनपछि उत्साहित हुदै आजदेखिको आन्दोलनले नेतालाई घरघरबाट थुत्ने भन्नुले यदि हिजोको भन्दा बढी भिड जम्मा हुदै गयो भने अनियन्त्रित भिडले जसरी इराकमा १२ जना नेपाली जनता मारिदा काठमाडौंका सारा मेनपावर दिउँसै क्षणभरमै लुटिए त्यसैगरी सारा काठमाडौंं नेता र व्यापारी एकै रातमा लुटिने र व्यापारीहरु लखेटिने सम्भावना छ । मंसिर ८ गतेको भीड ७ गतेको भन्दा बढी भयो भने राजा ज्ञानेन्द्रको सन्देश आउन सक्ने बताईन्छ । अब ९ गतेसम्मलाई पर्ख र हेरौं ।

अस्तु !

अमेरिका भर्जिनिया

प्रतिक्रिया