यो देशको शक्ति हो युवा देश निर्माणको…………….

इनेप्लिज २०८० मंसिर ७ गते २३:५६ मा प्रकाशित

यो देशको शक्ति हो युवा देश निर्माणको अभियानमा लाग्नुपर्छ
नेपाल माताको नाम विश्व सामु चिनाउनु छ
युवा नै हुन आजका निर्माता,प्रगतिका मुहान
सबै मिलेर एकजुट बनौँ हामी हौ देशको सान
 
सक्षम युवा बाट हो देशको विकास  हुने
सकारात्मक सोच राखौँ हामी सबैले
देशका युवाले यो देशको गरिमा  र शान बढाऔँ
पौरखी हातले यो देशको लागि श्रम गरौँ
 
देशको समृद्धिको लागि युवा जनशक्ति चाहिन्छ
युवा आउँ यही माटोमा आशाका बिरुवा रोप्नुपर्छ
युवाको सोचले देशमा परिवर्तन हुन्छ
देशको महिमा  हृदयले बुझ्नुपर्छ
 
यो देश हाम्रो जन्मिएको भूमि हो
राष्ट्रको झन्डा उचाली नेपाल मातालाई सम्झिनु पर्ने हो
यो देशको शक्ति हो युवा देश निर्माणको अभियानमा लाग्नुपर्छ
नेपाल माताको नाम विश्व सामु चिनाउनु छ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया