अवस्था र व्यवस्था नेपालको सन्दर्भमा !!!!!!

विशाल शाह (हाल अमेरिका) २०८० मंसिर ७ गते २१:१५ मा प्रकाशित

अवस्थाले व्यवस्था परिबर्तन गर्ने हो। व्यवस्थाले अवस्थाको सृजना गर्ने हो। यी दुईबिच अपरिवर्तनीय सम्बन्ध हुन्छ।

अवस्था बिग्रेमा व्यवस्था परिवर्तनको कोसिस गरिने कारण नयाँ व्यवस्थाले तत्कालको खराव अवस्था परिवर्तन हुन्छ कि भन्ने
आसाले हो। राजतन्त्रको पालामा यसले राष्ट्रको हित गरेन भन्ने अधिकांशलाई लागेकोले गणतन्त्र आएको हो। नेपाली जनताले नचाहेको भए विदेशीको चाहनाले मात्र राजतन्त्र गई गणतन्त्र कदापि आउने थिएन।

गणतन्त्रले निकास दिनै सकेन। वरु, यसका हिमायतीहरु लुटाह, फटाह, शोषक, अत्याचारी, निरंकुश, भ्रष्ट, गुण्डा, गफाडी,
हत्यारा, दलाल मात्र भएर निस्के। यिनीहरुको कालमा जनताले कि झुण्डिनु पर्ने कि त बाकसमा फर्किनु पर्ने बाहेक अर्को
विकल्प पाएनन्।

जनताले झुण्डिनु पर्ने, बाकसमा फर्किनु पर्ने विकल्पको रुपमा शान्तिसँग सुत्न पाउनु पर्ने, आफ्नै देशमा बाँच्न पाउनु पर्ने
अवस्थाको खोजी हुनु पर्थ्यो। त्यो कार्य ३४ वर्षको बहुदलिय कालमा हुँदै भएन।

गणतन्त्रमा त खुलेआम लुटेरा, हत्याराहरुको भरण पोषण मात्र गरियो। गणतन्त्रको प्रमुख निकाय राष्ट्रपति र यस कालमा
स्थापना भएका कार्यकारी सरकारहरुले मिलिभगतमै भ्रष्ट र हत्याराहरुको संरक्षण गर्यो। हत्यारा र भ्रष्ट संस्कारबाटै हुर्केको
माओवादीले आफुसँग लुट्नको निमित्त घाँटी जोड्न आएका काँग्रेस र एमालेलाई आफ्नो बाटोमा हिडाउन पूर्ण रुपमा सफल
भयो। यि तीन दलले पाएको ३४ वर्षमा राष्ट्रलाई धेरै अगाडी पुर्याउन सक्थे। नियत नै नराम्रो भएपछि राम्रो परिणाम आउने
सम्भावना नै थिएन।

खराव नियतबाट जन्मेको गणतन्त्रले निकास दिन सक्दैन। यसलाई तत्काल खारेज गरिनु पर्छ। गणतन्त्रको विकल्प अर्को स्वरुपको गणतन्त्र हुन सक्दैन। गणतन्त्र लागू गर्न बनाइएको संविधानका धाराहरु परिवर्तन गरेर नयाँ व्यवस्थामा जान सकिन्न।तत्काल यो गणतन्त्रीय संविधान निलम्वन गरिनु पर्छ।

नेपाललाई सहि हुने व्यवस्था भनेकै संवैधानिक राजतन्त्र हो। यसको संरक्षणमा मात्र देश अगाडि बढ्न सक्छ।

नेपाली जनताले दिएको आंसिक विश्वास गणतन्त्रले र यसका पृष्ठपोषकहरुले गुमाएको प्रमाण दुर्गा प्रसाईको अग्रसरतामा
भएको ‘स्वदेशी आन्दोलन’ ले दिइसकेको छ। सबै अट्ने, नेपाललाई सुहाउने व्यवस्था स्थापना गरि नेपाली जनताको विग्रदो
अवस्था परिवर्तन गरिनु पर्छ। भ्रष्ट लुटेरा र हत्याराहरुलाई परिवर्तनको नाममा सजायमुक्त गरिनु कदापि ठीक हुने छैन।

समयमा नै लादिएको गणतन्त्रलाई बिदाई गरिएन भने भोलिको दिनहरुमा जारी रहने ‘स्वदेशी आन्दोलन’ अथवा ‘स्वदेशी
विद्रोह’ले अर्कै रुप लिन सक्छ। परिवर्तन अवश्यम्भावी छ। जन चाहनाको बललाई तीन दल त के अरु सबै दल थपिए पनि वा
यो समय चक्रलाई स्वयम् ईस्वरले पनि रोक्न सक्ने छैनन्। परिवर्तन हुन जरुरी छ, परिवर्तन भनेको व्यवस्था कै परिवर्तन हो र
परिवर्तित व्यवस्थाले नेपालीको दयनीय अवस्था परिवर्तन गर्नु पर्छ।

प्रतिक्रिया