माछामार्न करेन्ट लगाउदा एकै ठाउमा गयो श्रीमान श्रीमतिको ज्यान ! ४ बर्षीय छोरीको विचल्ली पोखरामा

इनेप्लिज २०८० मंसिर ५ गते २२:२२ मा प्रकाशित

पोखरा, ५ मंसिर । माछा मार्नका लागि करेन्ट लगाउने क्रममा एक दम्पतीको हिजो दिउँसो चार बजे मृत्यु भएको छ । पोखरा वडा नं. २९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्न करेन्ट लगाउने क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले पठाएको ईमेलमा उल्लेख छ ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरीले टोलीले मुस्ताङ जिल्ला जोमसोम घर भई हाल पटनेरीमा डेर गरी बस्ने ४६ बर्षीय भीमलाल सुनार र सावित्री सुनार (४६ बर्षीय)लाई तत्कालै उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेका थिए ।

अस्पताल लैजाने बित्तिकै चेकजाँचका क्रममा श्रीमान् भीमलालाई मृत घोषणा गरेका थिए भने श्रीमती सावित्रीको उपचारका क्रममा मृत्यु भएको थियो । हेर्नुहोस स्थलगत रिपोर्ट

प्रतिक्रिया