ओहायो वालमार्टमा गोली चल्दा ४ जना घाइते ,बन्दुकधारीको मृत्यु

इनेप्लिज २०८० मंसिर ५ गते १७:४६ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यको वालमार्टमा गोली चल्दा ४ जना घाइते र बन्दुकधारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ओहायोको बेभरक्रिकमा रहेको वालमार्टमा सोमबार राती चार जनालाई हिँडेर आएको सॅदिग्धले गोली चलाएको डेटन उपनगरमा प्रहरीले जनाएको छ। 

पीडितहरूलाई क्षेत्रीय अस्पतालमा लगिएको र उनीहरूको अवस्था थाहा नभएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बन्दुकधारीले आफैंले चलाएको गोली लागेर मृत्यु भएको र प्रहरी अधिरारीहरुले कुनै पनि गोली नचलाएको सिविएसन्यूजले समाचार लेखेको छ।

प्रतिक्रिया