देउसीरेका भाईरल लक्ष्मण पौडेलको हुन ?

इनेप्लिज २०८० मंसिर ४ गते २२:५५ मा प्रकाशित

अहिले अमेरिकाको मेरिल्यान्ड राज्यको वाल्टिमोर राज्यमा चर्चा छ त यिनको चर्चा छ ।

त्यसो त नेपाली कलाकारको बाक्लो वस्ती रहेको वाल्टिमोरमा उनी पनि तिनै मध्येका एक प्रवासी कलाकार हुन नै तर अहिले यतिमा मात्र उनको परिचय सीमित रहेन दुगुड तालमा देउसी भैली भट्याउन सक्ने क्षेमता कमैमा हुन्छ हो त्यही क्षमताका कारण अहिले उनी वाल्टिमोर नेपाली समाज बीच निक्कै चर्चामा छन ।

संगीतकर्मी लक्ष्मण पौडेलले धारा प्रवाहको रूपमा सवैको नाम लिदै देउसीको दुगुड तालमा जव भट्याउन पुग्छन तव घरवेटी तथा आमाले खुसी हुदै फेरि दान दक्षिणा थप्नु हुन्छ ।

वाल्टिमोर नेपाली समाज चाहे त्यो वानाले आयोजना गरेको नेपाली भाषा कक्षाको सहयोगार्थ देउसी भैलो होस चाहे एन आर एन ए मेरिल्यान्ड च्याप्टरको देउसी भैलो चाहे भूकम्प पीड़ितको सहयोगार्थ ईनास मेरिल्यान्डको देउसी भैलो सवै तिर यिनी भट्याउन पुगे र सवै तिर यिनको चर्चा रहयो ।

गत वर्ष एन आर एन ए मेरिल्यान्ड च्यापटरमा राजु पराजुली अध्यक्ष हुदा यिनी आर्ट एन्ड कल्चर डाईरेक्टर थिए त्यतीवेलै पहिलो पटक वाल्टिमोरमा घरघरमा देउसी भैलो सुरूवातको अवधारणा र सुरूवात गर्ने पनि पौडेल नै हुन ।

आफू आर्ट एन्ड कल्चर डाईरेक्टर हुदा नेपाली कला संस्कृतिलाई घरघरमा पुर्याउने उद्देयले वाल्चिमोर म्यूजिसियन टोली सहितको यो अभियानमा त्यतीवेला यिनको साथमा कलाकार संयोजनमा खिम मस्रंगी र अन्य कलाकारमा भगवान भण्डारी ,अमृत रामदाम, आभा मुकारूगं , कल्पना देवकोटा , स्वरूपा रसाईली ,विराज रामदाम , सुजन रामदाम , रमेश परियार सुमित्रा लामा रहेका थिए ।

विगतमा संगीत कर्ममा रहेर लामो अनुभव वटुलेका वाराही म्यूजिक पोखराका संचालक “दःखीको घरपर्यो रामपुर फाटैमा “का सर्जक “वेनीको वजार “”आधिखोला उर्लेर आयो “ रिमिक्सका गायक लक्ष्मण पौडेलको यो कलालाई हामीले पनि सलाम गर्दै प्रगतीको कामना गर्दछौ ।

प्रतिक्रिया