मंसिर ७ मा गौर काण्ड नदोरियोस

इनेप्लिज २०८० मंसिर ४ गते १४:१८ मा प्रकाशित

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान र नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकै समयमा माइतीघर मण्डलामा मंशिर ७ गते प्रदर्शन गर्ने घोषणा गरेपछि एक वा सोभन्दा बढि समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ वा विरोध प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त हुनसक्ने हुन्छ मलाइ गौर कान्डको याद आयो तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले ७ चैत २०६३ मा एकैदिन रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा सभा आयोजना गरेका थिए । फोरमले उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको थियो । यादव त्यतिबेला फोरमका अध्यक्ष थिए ।

सभा हुने दिन बिहान ११ बजेदेखि फोरमका कार्यकर्ताहरू लाठीसहित जुलुस निकारेर गौर नगर परिक्रमा गरे । दिउँसो २ बजेतिर माओवादीको पनि जुलुस निस्कियो । फोरम र माओवादीको जुलुस अदालत चोकनिर जम्काभेट हुँदा दुवैले एक अर्कालाई ताली बजाएर स्वागत गरेका थिए ।

एउटै चौरमा दुवै पक्षले १०० मिटरको दुरीमा मञ्च बनाएका थिए ।

फोरमको सभा पहिला सुरु भयो । माओवादीको जुलुसले नगर परिक्रमा गरिरहेको थियो । करिब २ः०५ बजेतिर फोरमका १५–२० जनाको समूहले माओवादीको मञ्च तोडफोड गरे । आफ्नो मञ्च तोडफोड गरेको देखेपछि माओवादीका कार्यकर्ताहरूले पनि राइस मिलको चौरमा सभा सुरु भएको फोरमको मञ्च तोडफोड गर्न थाले ।

माओवादीले मञ्च तोडफोड गर्न थालेको केही समयमा नै मञ्चको विभिन्न कुनाबाट गोली चलेको र बम विस्फोट भएको बताइन्छ । त्यसपछि दुवै पक्षको सभास्थल रणभूमिमा परिणत भयो । त्यसक्रममा माओवादीका कार्यकर्ताहरूको क्रुर ढंगले हत्या भयो । २७ जना माओवादी कार्यकर्ताले ज्यान गुमाए । जसमा ५ महिला र २२ पुरुष थिए । त्यस्तै ५३ जना घाइते भए । यस्तै हुभाउको प्रदर्सनले आगमी ७ गते कस्तो मोड लेला सरकारले यी कार्यक्रमलाई कस्तो नजरले हेरेको छ? दुर्गा प्रसाइको कार्यक्रम सग एमाले किन अतालियर मुडभेडको कार्यक्रम गर्न खोज्दै छ ? सरकारमा रहेकादलको कुनै प्रतिक्रिया आयको छैन ? फेरि गौर कान्ड नदोरियोस जन्ताको पसिनामा पौडिखेल्ने नेतृत्वले जन्ताको रगतको होलि नखेलियो यो बिसयमा सरकारले उचित निकास निकाल्नै पर्छ। जनताले ल्याको ब्यबस्था जन्ताले सुइकार्छन अथबा सुइकार्दैनन जन्तानै जनार्दन हुन लोकतान्त्रिक सरकार सासक होइन सेबक बनुपर्छ

बेद प्रसाद घिमिरे

प्रतिक्रिया