भर्जिनियामा अस्मिता अधिकारीको प्रस्तुति हुने भएको छ ।
अमेरिकाको प्रथम सांगीतिक यात्रामा रहेकी अस्मिता अधिकारीको कार्यक्रम आगामी नोभेम्बर २५ शनिबारका दिन भर्जिनियाको मनाससमा हुने भएको आयोजकको तर्फबाट गणेश पाण्डेले ईनेप्लिजलाई बताए ।
मनासस स्थित स्यालिस्बरि सेन्टरमा कार्यकम गरिनेछ भने कार्यक्रम साँझ ५ बजे देखि ११ बजे हुनेछ ।
अस्मिता अधिकारीको कार्यक्रम अगाडी स्थानीय सांगीतिक ब्याण्ड(संगीत मण्डली)हरु पासा ब्याण्ड,डिएमभी एक्युसटिक जास्मिन श्रेष्ठको प्रस्तुति हुनेछ ।
कार्यक्रमबारे बिस्तृत जानकारी लिन आशिष भडेल,साकार थापा,गणेश पाण्डे तथा अञ्जन अधिकारीलाई सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया