हमासले इजरायलमा आक्रमण गरेकै दिन अर्थात् अक्टोबर ७ कै दिन एक अस्पतालमा एक नेपाली र एक थाई मानिसलाई बलपूर्वक बन्धक बनाउदै गरेको अङ्कियदृश्य(भिडियो) इजरायलले सार्वजनिक गरेको छ ।
इजरायलले सीसीटीभी भिडियो(गोप्य अङ्किय दृश्य ) जारी गरेको छ जसमा अक्टोबर ७ मा अल-शिफा अस्पतालमा २ जना बन्धकहरू देखाइएको छ ।
इजरायल रक्षाबलका प्रवक्ता रियर एडम ड्यानियल हगारीले दुई वटा छोटो अङ्किय दृश्य (भिडियो)हरू प्रस्तुत गरेका छन् । साथै उनले धेरै स्थिर तस्बिरहरू, जसमा हमास लडाकुहरूले गाजाको सबैभन्दा ठूलो अस्पतालबाट बन्धकहरूमा एक नेपाली र एक थाईलाई बलपूर्वक तानी रहेका छन्।
बन्धकहरुलाई अस्पतालको मुख्य प्रवेशद्वारबाट भित्र ल्याइएको देखाइएको हगरीले भने। बन्धकहरूलाई बल प्रयोग गरी भवनमा ल्याइँदै गरेको देखिएको बताए । हगरीले आइतबार एक पत्रकार सम्मेलनमा दोस्रो अङ्कियदृश्यले दोस्रो बन्धक जसको हातमा पट्टी बाँधेको छ र स्पष्ट रूपमा रगत बगिरहेको बताए ।
हगारीले आईडिएफले अङ्कियदृश्य (भिडियो)हरू कसरी प्राप्त गर्यो उनले भनेनन । यद्यपि उनले इजरायली गुप्तचर अधिकारीहरूले बन्धकहरूलाई पत्ता लगाउने प्रयासको लागि अस्पताल भित्रको कारवाहीको हिस्सा रहेको बताए।
सिएनएनले उक्त अङ्किय दृश्य तथा सामग्रीहरुको स्वतन्त्र रूपमा प्रमाणित गर्न सक्दैन भनि समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया